२३ पुस २०८१, मंगलबार | January 8, 2025

आजको मौसम : देशैभरी वर्षा हुने, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल  मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। साथै,  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ।

जल  तथा  मौसम  विज्ञान  विभाग, मौसम  पूर्वानुमान  महाशाखाका अनुसार हाल  देशभर  आंशिक देखी सामान्य  बदली  रही  कोशी,  मधेश,  बागमती,  लुम्बिनी  र  कर्णाली  प्रदेशका  थोरै  स्थानहरूमा  हल्का  देखि  मध्यम  वर्षा  भइरहेको  छ।

दिउँसो देशभर  आंशिक  देखि  सामान्य  बदली  रहने छ। कोशी, बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन र चट्याङ्ग सहित हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।

राती भने देशभर  आंशिक  देखि  सामान्य  बदली    रहने छ। कोशि, मधेश, लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा  मेघ  गर्जन र चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। साथै, कोशी र  सुदूर पश्चिम  प्रदेशको  एक दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।

कोशि, बागमती,  गण्डकी,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  केही  स्थानहरूमा  तथा  मधेश  प्रदेशका  थोरै  स्थानमा  मेघ  गर्जन र चट्याङ्गसहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

साथै,  मधेश,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको  एक दुई  स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।  मधेश  प्रदेश  लगायत  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  तराई  भू-भागका  थोरै  स्थानहरुमा  हावाहुरीको  सम्भावना  रहेको  छ।  वर्षाका  कारण त्यस  क्षेत्रहरूबाट  बहने  नदीको  जल  सतह  हल्का  बढ्न  सक्ने,  गेग्रान  बहाव,  बाढी,  पहिरो,  भू-क्षय  जस्ता  प्रकोप  हुन  सक्ने  भएकोले  जन  स्वास्थ्य,  कृषि,  दैनिक  जनजीवन,  सडक  तथा हवाई  यातायातमा  हुन  सक्ने असुविधा,  जोखिम  लगायत  चट्याङ्ग  तथा  हावा-हुरीको  क्षतिबाट  बच्न  आवश्यक  सतर्कता  अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ६ : ३० बजे

प्रधानमन्त्रीद्वारा चीनमा गएको भूकम्पप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएको विनाशकारी भूकम्पले

सशस्त्रका ४ डिआईजीको १ वर्ष पदावधि थप

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी)

भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, सामान्य भौतिक क्षति, चनाखो हुन अनुरोध

काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज

१६ बुँदे प्रस्ताव पास गर्दै एकदिन अगावै सकियो माओवादी बैठक

काठमाडौं । पुस २१ देखि २४ गतेसम्मका लागि बोलाइएको नेकपा

सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वप्रधामन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष