३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बुटवलमा आजदेखि सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगिता शुरु, १२८ खेलाडी सहभागी



बुटवल । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता बुटवलमा शुरु भएको छ । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लबमा सञ्चालित प्रतियोगिताको शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले उद्घाटन गरिन् ।

प्रतियोगिता उद्घाटन गर्दै प्रदेश सांसद ढकालले स्नुकर खेल विश्वकै पुरानो मध्येको स्तरीय खेल भएपनि नेपालमा ओझेलमा परेको र राज्यको ध्यान नपुगेको औंल्याइन् ।

तीनै तहका जनप्रतिनिधिको ध्यान खेलकुदको विकासमा जान नसकेको भन्दै उनले खेलकुदको विकास र खेलाडीको हित हुने गरी स्पष्ट नीति र कानुन बनाउनुपर्ने खांचो रहेको बताइन् ।

उनले स्नुकर खेलको सम्मान हुने गरी लुम्बिनी प्रदेश सभामा नीति र कानुन बनाउन आफूले भूमिका खेल्ने प्रतिवद्धता जनाउंदै स्नुकर संघको अहिलेको नेतृत्व सक्षम भएकाले राष्ट्रियस्तरको प्रतियोगिता आयोजन ागर्न सुझाव दिइन् ।

रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुनले विगतमा स्नुकर खेलप्रति प्रहरी प्रशासनले हेर्ने दृष्टिकोण गलत रहेको र स्नुकर क्लबहरु बन्द गराइएको स्मरण गर्दै तिर अहिले यो खेल मर्यादित र व्यवस्थित बनेको बताए ।

कार्यक्रममा बोल्दै तिनाउ इन्टरनेसनल हस्पिटलका अध्यक्ष चिरन्जिवी जोशी, वडाध्यक्षहरु शिव राना, हरि श्रेष्ठ, नरिश्वर पौडेल,अधिवक्ता जोगबहादुर खत्री,संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य,संघका वरिष्ठ उपाध्यक्ष बासु प्रधान,महासचिव शंकर खड्का लगायतले स्नुकर खेललाई प्रवद्र्धन गर्न लुम्बिनी प्रदेश सरकारले लगानी गर्नुपर्ने माग गरे ।

एक हप्तासम्म चल्ने प्रतियोगितामा १२८ जना खेलाडी सहभागी भएका र उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैया नगद पुरस्कार पाउने महासचिव शंकर खड्काले बताए । कार्यक्रममा स्नुकरका अन्तर्राष्ट्रिय खेलाडी बुटवलका रेगन श्रेष्ठ र अपांगता भएका जमिर मियालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ४ : २६ बजे

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने

‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी

काठमाडौँ । संविधान र लोकतन्त्रको महत्त्व बढाउन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको