१२ पुस २०८१, शुक्रबार | December 28, 2024

बाघ मारेपछि पोखरामा बाघजात्रा सकियो



अन्नपूर्ण । पोखरामा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा बुधबार सकिएको छ । पोखराको बाघजात्रा आयोजक समितिले बाघजात्राको सुरुआत गरेको थियो ।

पोखराका नेवार समुदायले २३ वर्र्षपछि बाघजात्रा मनाएका हुन् । विभिन्न कारण २०५७ सालदेखि यता यो जात्रा रोकिएको थियो । त्यसपछि पोखरामा पुनः जात्रा देखाइएको बाघजात्रा आयोजक समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए । तीन दिनसम्म मौसमले साथ दिएकाले भव्यरूपमा सम्पन्न भएको उनले सुनाए । “सबैभन्दा पहिला त भगवान्लाई धेरै धेरै धन्यवाद छ । यो तीन दिनमा मौसमले राम्रो साथ दियो,” समितिका अध्यक्ष श्रेष्ठले भने, “२३ वर्षपछि भएको जात्रालाई अब निरन्तरता दिनका लागि पाँच-छ वर्षमा आयोजना गर्छौं ।”

उनका अनुसार पहिलो दिन भदौ १८ गते नेवा छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक पुगेको थियो । दोस्रो दिन १९ गते नेवा छे हुँदै गणेशटोल, सिमलचौर, सिर्जनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै जात्रा नेवाः छे पुगेर सकिएको थियो । अन्तिम दिन २० गते मुख्य समापन समारोहका लागि नेवाः छेबाट भीमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै रङ्गशाला पुगेको उनले बताए ।

जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरू, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए । पोखराका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् ।

तेइस वर्षपछि भएको बाघजात्रा भव्य सफल भए पनि केही कमजोरी र चुनौती रहेको आयोजक समितिका सचिव सुनिल उलकले जानकारी दिए । “कार्यक्रम भव्यरूपमा सम्पन्न भयो तर केही कमजोरी र चुनौती अवश्य रहे,” उनले भने, “२३ वर्षअघि जति उपस्थिति थियो त्यति हुन सकेन । यसमा पोखरामा रहेका कतिपय सङ्घसंस्थाहरूमा पत्र नपुगेको भन्ने आयो । आगामी दिनमा यसलाई सुधार्नुपर्छ ।”

जात्रामा मुस्ताङी समुदाय, मगर समुदायले साथ दिएको उनले बताए । यसबाहेक भक्तपुरको घिन्ताघिसी (५० जनाको समुह) ले विभिन्न साँस्कृतिक नृत्यहरू प्रदर्शन गरेको उनले बताए । धार्मिक किंवदन्तीअनुसार प्रहसनमा डमी बाघलाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरिएको जात्रा अन्त्य भएको सचिव उलकले बताए ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ७ : १९ बजे

बुटवल मेलामा उपमहानगरपालिकाको अनुगमन

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका

चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल

पोखरा । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका

बुटवल मेलामा दिपक बज्राचार्य एण्ड रिदम व्याण्डको धमकेदार प्रस्तुती (फोटो फिचरसहित)

बुटवल । बुटवलकाे औद्योगिक व्यापार मेलामा दीपक बज्राचार्य एण्ड द