बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वको लागि भएको चुनावको ८ सय मत गणना हुंदा हरि रिजालले पुन अग्रता लिएका छन् । ८ सय मत गणना हुदा हरि रिजाल २ मतले अघि छन् । हरिप्रसाद रिजालले ३९८ मत पाएका छन् । त्यस्तै राधाकृष्ण कंडेलले ३९६ मत पाएका छन् ।
पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको छ ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पुजन विश्वकर्मा प्रतिष्पर्धामा छन् । उपसचिव खुलामा ४ र महिलामा ३ जना प्रतिष्पर्धामा छन् । रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर चुनाव लडेका छन् ।
यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे र विष्णुराज बीसी बीच प्रतिष्पर्धा छ ।
प्रतिक्रिया