१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

नेपाली अर्थतन्त्र निराश हुने अवस्थामा छैन : अर्थमन्त्री महत



बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कने चरणमा रहेको बताएका छन् । शुक्रबार बुटवलमा बुटवल जेसिजको स्वर्ण जयन्ती समारोहको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालको अर्थतन्त्र धेरै निराश हुनु पर्ने अवस्थामा नरहेको दाबी गरे । उनले निराशाको बहसलाई अन्त्य गरी सकारात्मक बहसको खाँचो रहेको औल्याए ।

उनले अब मुलुकको अर्थतन्त्र उठ्ने दाबी गर्दै निराशाको बहसको अन्त्य हुन जरुरी रहेको बताए । ‘अर्थतन्त्रमा केही समस्याहरु भए पनि निराशाको बहसको अन्त्य हुन जरुरी छ । अब सकारात्मक बहस गरौं ।’-महतले भने, ‘म अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिरहेको छु ।’

सरकारले अर्थतन्त्र सुधारका लागि सम्पूर्ण क्षमता लगाई रहेको बताउँदै उनले कोरोना महामारीको समयमा करिब २र३ वर्ष ठप्प हुँदा त्यसको असर अहिले देखा परेको बताए । उनले अर्थतन्त्र पुनः लयमा फर्किने क्रममा रहेको पनि दाबी गरे ।

अर्थतन्त्र बिग्रीएको भन्दै आयात रोक्दा धेरै नकारात्मक सन्देश गएको उल्लेख गर्दै अर्थमन्त्री महतले राष्ट्र बैंकले ब्याजदरमा कसिलो नीति ल्याउँदा थप समस्या पैदा भएको बताए ।

उनले कतिपय पूर्वाधार निर्माणमा भएका धिलासुस्तीप्रति समेत चासो व्यक्त गर्दै साना तिना कुराहरुले पनि बिकासमा अवरोध हुने गरेको गुनासो गरे । ‘निर्माण हुँदै गरेको बुटवल-नारायणगढ सडकको स्तरवृद्धिमा भएको ढिलासुस्ती वा अन्य योजनाहरुमा समेत साना तिना कुरालाई अघि सारेर बिकासलाई अबरोध गर्ने काम राम्रो होइन ।’ उनले भने ।

बुटवल र समग्र रुपन्देहीले आर्थिक बिकासमा प्रशस्त सम्भावना बोकेको बताउँदै उनले प्रदेश राजधानी दाङ सर्दैमा कुनै असर नपरेको दाबी गरे । भैरहवामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमान स्थल पूर्ण क्षमतामा सञ्चालन आउने आश्वासनसहित बुद्ध जन्मस्थल लुम्बिनीको बिकाससँगै पर्यटकीय र आर्थिक समृद्धि हासिल गर्न सकिने उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, तिलोत्त्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण, नेपाल जेसीजका पुर्व रास्टि«य अध्यक्ष दिनेश कोइराला, नेपाल जेसीजका पुर्व रास्टि«य अध्यक्ष जगत पोखरेल, बुटवल उद्योग वाणिज्य सघका वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बुटवल जेसिजका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको बुटवल जेसिजका उपाध्यक्ष अर्जुन ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  १० : १४ बजे

खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग

काठमाडौं । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आएकी सोनिया अधिकारीले

रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको थप अनुसन्धानका लागि काठमाडौं ल्याइयो

काठमाडौं । सहकारीको रकम अपचलन सहितको ठगी मुद्दामा प्रहरी हिरासतमा

बुटवलको सिंह कम्प्लेक्समा फ्रेड्स सिनेमा सञ्चालनमा, उद्घाटनको पहिलो हप्ता टिकट शुल्क १५० मात्रै

बुटवल । बुटवलको अमरपथस्ति सिह कम्प्लेक्समा फ्रेड्स सिनेमा सञ्चालनमा आएको

वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै

औद्योगिक व्यापार मेला बुटवल २०८१ : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीयस्थल बुटवल