१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

एमाले लुम्बिनीमा उपगुटको सक्रियता बढ्यो, महासचिव पोखरेल गुटको बुटवलमा गोप्य भेला !



बुटवल । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा एमाले भित्र रहेको एउटै गुट भित्रको उपगुटको स्पष्ट सतहमा देखिएको छ । अध्यक्ष केपी ओली निकटकै नेताहरुले प्रदेश राजनीतिमा गुटबन्दी सुरु गरेका छन् । भित्रभित्रै भुसको आगोका रुपमा मौलाएको एक पक्षिय गुटले गुट प्रष्ट देखिनेगरी गोप्य भेला र बैठक सूरु गरेसँगै गुटको अस्तित्व सतहमा आएको हो ।

बुटवलबाट दाङ राजधानी सार्न मुख्य भुमिका खेल्ने केही नेताहरुको अगुवाईमा प्रदेश अधिवेशनको पूर्वसन्ध्यामा एउटा रिसोर्टमा गोप्य भेला गरेर अधिवेशनमा आफ्नो पल्ला भारी बनाउने योजना बनाएको खुलासा भएको छ ।

एमाले लुम्बिनी प्रदेशमा विगत निर्वाचन देखि नै ओली निकट रहेका उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेलका समर्थकहरुको छुट्टाछुट्टै गुटले गुटगत कार्य गरिरहेको चर्चा चलिरहेका बेला त्यसलाई पुष्टि गर्ने गरी एउटा गुटलाई बोकेर केही केन्द्रीय सदस्यहरुले गोप्य भेला र बैठक सूरु गरेर गुटको अस्तित्वलाई पुष्टि गरिदिएका छन् ।

यहि भदौ १६ र १७ गते बुटवलमा हुन गइरहेको एमाले लुम्बिनी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष समेत रहेका पाल्पाका राधाकृष्ण कंडेल र एमाले केन्द्रीय सदस्य समेत रहेका प्युठानका हरि रिजालको नाम चर्चामा रहेको छ । एमाले अध्यक्ष ओली निकट रहेका कंडेल र रिजाललाई अध्यक्षले कुनै ग्रीन सिग्नल नदिएपछि प्युठानका हरि रिजालको पक्षमा लबिङ गर्न भन्दै केही नेताहरुले भेला आयोजना गरेको एमाले स्रोतले दावी गरेको छ ।

अध्यक्ष पदका आकांक्षी रहेका पार्टी केन्द्रीय सदस्य हरि रिजालको पक्षमा लबिङ गर्न बुटवलको ढवाहमा रहेको आरम्भ रिसोर्टमा राजधानी सार्न प्रमुख भुमिका खेल्ने महासचिव पोखरेल निकटका नेताहरुको गोप्य भेला भएको स्रोतले जनाएको छ ।

भेलामा एमाले केन्द्रीय सदस्यहरु बलराम अधिकारी, चेतनारायण आचार्य, शिवराज सुवेदी, भुमिश्वर ढकाल, पाल्पाका नारायण प्रसाद आचार्य, नवलपरासीका थान प्रसाद गैरे सहितका नेताहरुको उपस्थिती रहेको पनि स्रोतको दाबी छ ।

भेलामा सकेसम्म सर्वसम्मत रिजाललाई नै अध्यक्ष बनाउने नसकिए निर्वाचनमा जसरीपनि जित्ने रणनीति बनाएर अगाडि बढ्ने सहमति भएको बताइएको छ ।

बैठकमा सहभागी भएका भनिएका एमाले केन्द्रीय सदस्य शिवराज सुबेदीले भने गोप्य भेला भएको भन्ने खबरलाई अस्वीकार गरेका छन् । उनले एमालेमा कुनै गुट नभएको भन्दै गुटमा रहेकाहरुले पार्टी छाडी सकेको र एमालेमा गुटको अस्तित्व नभएको बताए । उनले आफु कहाँ र कोसँग भेट्छु भन्ने कुरा आफ्नो नीजि कुरा भएको बताए । ‘म कहाँ हुन्छु, के हुन्छु भन्ने मेरो इन्डिभिजोल कुरा अरुलाई किन चाहियो ?’ उनले भने ।

अधिवेशन आएका बेला मिडियाले रमाईलो गर्न लेखेको टिप्पणी गर्दै उनले एमालेमा केपी ओली नेता र एउटै निती मात्र रहेको बताए । ‘एमालेमा केपी ओली नेता, नीति एउटै छ, गुटमा भएकाले पार्टी छाडी सके ।’ उनले भने ।

लामो समयदेखि पार्टीका आन्तरिक कमिटी भित्र लेखा परिक्षण नहुने, आर्थिक अनियमितताको चर्चा चल्ने र अभिलेखलाई दुरुस्त नराख्ने परम्परालाई तोडेर कंडेल नेतृत्वले पारदर्शी काम गरेका कारण उनका विरुद्ध गुटबन्दी सुरु गरिएको कंडेल निकट एक नेताले बताए । पार्टी भित्रको आर्थिक अनियमिततालाई रोकेर ब्यवस्थित गर्ने कंडेलका विरुद्ध भेला भएको भन्ने खबरले आफु अचम्ममा परेको उनले बताए ।

एमालेमा विष्णु पौडेल निकट मानिएका नेता विष्णु पन्थीले भने अधिवेशनको पूर्वसन्ध्यामा सानातिना भेला हुनुलाई सामान्यरुपमा लिनु पर्ने बताए । पार्टीलाई जिवन्त राख्न प्रतिस्पर्धा हुनुपर्ने बताउँदै आकाँक्षीहरुले चुनाव जित्न भेला, बैठक गर्नु स्वाभाविक भएको उनले बताए । एमाले भित्र टिके प्रथा भन्ने आरोपलाई चिर्न पनि आन्तरिक प्रतिस्पर्धा हुन जरुरी रहेको उल्लेख गर्दै पन्थीले एमाले नेतृत्व हरेक महाधिवेशनबाट प्रतिस्पर्धा गरेर नै आएको स्मरण गरे ।

एमाले भित्र विगत चुनावमा पर्याप्त जनाधार र बलियो संगठन हुँदाहुँदै पनि बिष्णु पौडेललाई चुनाव जित्न हम्मे हम्मे पार्न अहिले सक्रिय रहेको गुटकै मुख्य हात रहेको हुन सक्ने एमाले भित्र चर्चा हुने गरेको छ । पौडेललाई कमजोर बनाउने योजना अनुरुप चुनावमा पौडेलको अगाडि पछाडि देखिएजस्तो गरेपनि मत संरक्षणको योजना नबनाएको, आफु निकट पार्टी सदस्यहरुलाई निश्क्रिय राखेको, पौडेल विरुद्ध विपक्षीले चलाएको हल्लामा मलजल गरेको जस्तो चर्चा एमाले भित्र चल्दै आएको छ ।

गुटगत भेलाका विषयमा कंडेल र तिनी निकट नेताहरुले भने मुख खोलिसकेका छैनन् । उपाध्यक्ष पौडेलको संकेत नपाएकै कारण कंडेल निकटका एमाले नेताहरुको सक्रियता नदेखिएको बताइएको छ ।

एमाले लुम्बिनी प्रदेश कमिटीका वर्तमान अध्यक्ष राधाकृष्ण कंडेललाई उपाध्यक्ष बिष्णु पौडेलको समर्थन रहेको र केन्द्रीय सदस्य समेत रहेका हरि रिजाललाई महासचिव शंकर पोखरेलको साथ समर्थन रहेको बताउने गरिएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ९ : ५५ बजे

औद्योगिक व्यापार मेला बुटवल २०८१ : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीयस्थल बुटवल

नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत

उल्भरह्याम्टन । रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत

अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र

रुपन्देहीको रोहिणीमा अर्गानिक मल उत्पादन सुरु, भारतीय बजारमा समेत माग बढ्दो

बुटवल । रुपन्देहीमा अर्गानिक मल उत्पादन सुरु भएको छ ।

होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग

काठमाडौं । देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल