१९ आश्विन २०८१, शनिबार | October 5, 2024

सुन प्रकरणका कुनै सूचना र प्रमाण भए उपलब्ध गराउन सिआइबीको अनुरोध



कामठाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन प्रकरणका विषयमा कुनै तथ्य प्रमाण, सूचना भए ब्यूरोमा पठाएर सहयोग गर्न अनुरोध गरेको छ ।

ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक नवराज अधिकारीले त्यस्ता सूचना, तथ्य वा प्रमाण यस कार्यालयमा प्रत्यक्षरुपमा आई उपलब्ध गराउन वा इमेलमार्फत पनि पठाउन सकिने बताए । सूचनाले अपराध अनुसन्धानमा सहयोग गर्ने पनि उनले बताए ।

यसरी प्राप्त भएको जानकारी वा सूचनाको श्रोत गोप्य रहने पनि उनले बताए । उनका अनुसार सुनका विषयमा कसैसँग केही सूचना, तथ्य वा प्रमाण भएमा यस ब्यूरोको इमेल ठेगाना [email protected] मा पठाउन वा सूचना अधिकारीको सम्पर्क नम्बर ९८५१२९१३११ मा जानकारी दिन सकिने उल्लेख गरिएको छ ।

विभिन्न गिरोहले अवैधरुपमा भन्सार छली ल्याएको सुन प्रकरणका सम्बन्धमा केही दिन यता विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित भएका समाचारका सम्बन्धमा ब्यूरोको ध्यानाकर्षण भएको पनि ब्यूरोले जनाएको छ ।

एक महिना अघि भन्सार छली ल्याइएको सुनको सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाइएको छ । यसभन्दा अगाडिका विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट सूक्ष्मरुपमा अनुसन्धान भइरहेको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।

“आम नागरिकको साथ, सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने हुँदा सो कार्यमा सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा केही दिन अघि मात्रै ब्यूरोले आफ्नो अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । उक्त प्रकरणमा भोलि अदालतमा मुद्दा लैजाने तयारी छ । उक्त प्रकरणमा १८ जना हिरासतमा छन् ।

 

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  ९ : ५९ बजे

बाढीपहिरो प्रभावितको पीडा – ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

सिन्धुली । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म

बागलुङ । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय