२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

दुधपोखरीमा पहिरोका कारण २८ घर उच्च जोखिमा २ घर भत्कियो



लमजुङ । लगातारको वर्षाका कारण जिल्लाकै विकट गाँउ दुधपोखरीमा विभिन्न ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले दुधपोखरीका दुई घर भत्काएको छ भने २८ घर उच्च जोखिममा परेका छन् ।

शनिबार र आइतबारको वर्षापछि पहिरो झर्दा दुधपोखरी गाँउपालिका २ भुम्लिचोकस्थित  सानुमाया गुरुङ र जमुना गुरुङको घर पहिरोले भत्किएको छ । पहिरो जानसाथ घरमा भएका सानुमाया र जमुनाको परिवार भागेकाले मानवीय क्षति भने नभएको वडा अध्यक्ष अमर गुरुङले जानकारी दिए ।

वडा अध्यक्ष गुरुङका अनुसार उक्त वडाकै विचौर जलकेनि स्थित सिता तामाङ, ठुलो ढुङगाका राजकुमार तामाङ र मिन बहादुर तामाङ, विचौर ठाँटीका कृष्ण प्रसाद दवाडीको घर उच्च जोखिममा परेको छ भने विचौर मरठाह गाँउका भिम गिरिको घरनजिकै जमिन भास्सिएका  कारण रुख ढल्न जाँदा गिरीको भान्सा कोठामा क्षति पुगेको छ ।

त्यसैगरी दुधपोखरीको वडा नंं. १ मा २२ घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त वडाका श्रीप्रसाद ढकालको गोठ पहिरोले भत्किएको छ भने गोठमा रहेको ३ वटा गाईलाई स्थानियद्धारा  उदार गरिएको छ । ढकालको घर संगै अन्य ७ घर पनि उच्च जोखिममा परेको वडा नं. १ का वडा अध्यक्ष दुर्गामान गुरुङले बताए ।

सोही वडामा मंगलबहादुर नेपालीको घर छेउमै पहिरो जाँदा उक्त घर संगै ७ घर जोखिम परको र घमरचौर दुरा गुरुङको भान्सा कोठा पहिरोले लाँदा घर पनि जोखिममा परेको छ । कल्लाबारीमा पहिरो जाँदा ६ घर जोखिमा परेका छन् । ठूलो भिरमा गएको पहिरोका कारण कल्लाबारी मावि र राम कृष्ण निमाविमा पठनपाठन प्रभावित भएको छ । विद्यालय सम्म पुग्ने बाटो नभएका कारण विद्यालय नै बन्द गरीएको स्थानियको भनाई छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ४ : ४२ बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको