२४ पुस २०८१, बुधबार | January 9, 2025

उद्योग बाणिज्य संघमा २ वटा प्यानलबीच प्रतिस्पर्धा, एमाले नेताका उम्मेदवारको उम्मेदवारी फिर्ता



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको आगामी भाद्र २ गते हुन गइरहेको निर्वाचनमा २ वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । एमालेका केही नेताहरुले अध्यक्ष सहित केही पदमा दिन लगाइएको उम्मेदवारी फिर्ता भएसँगै २ वटा प्यानलबीच प्रतिस्पर्धा हुने भएको हो ।

समावेशी प्यानलबाट उम्मेदवारी दिएका एमाले निकट ब्यवसायीहरुको दवावमा एमाले नेताहरु उम्मेदवारी फिर्ता गर्न सहमत भएसँगै नेताहरुले उठाएका उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता गरेका छन् । समावेशी समुहबाट चुनावमा जाने सहमति कायम भएपछि समावेशी समुहले उठाएका अतिरिक्त उम्मेदवारहरुले पनि उम्मेदवारी फिर्ता गरे ।

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन अध्यक्ष पदकी उम्मेदवार रचना श्रेष्ठ, उपमहासचिवकी उम्मेदवार सरला विष्ट र सम्बद्ध सदस्यबाट रङ्गबहादुर खड्काले उम्मेदवारी फिर्ता लिए । त्यसैगरि बाणिज्य तर्फका उपाध्यक्ष इश्वर श्रेष्ठ, महासचिव पदका उम्मेदवार विजय भण्डारी र सदस्य पदका उम्मेदवार सुनिल बनिया, नन्दराम न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिए । एशोसियट सदस्यबाट विजय अधिकारी र राजिव तलङ्गाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन समितिले पकाशित गरेको अन्तिम नामावली अनुसार साझा प्रजातान्त्रिक समुहबाट अध्यक्षमा ललितकुमार रौनीयार र समावेशी प्यानलबाट टंक प्रसाद धामीको उम्मेदवारी कायम भएको छ । बाणिज्य तर्फको उपाध्यक्षमा प्रजातान्त्रिक समुहबाट विष्णु प्रसाद श्रेष्ठ र समावेशीबाट हरिलाल न्यौपाने तथा उद्योग तर्फको उपाध्यक्षमा प्रजातान्त्रिकबाट मोहम्मद सफिक बेहना, समावेशीबाट चिरन्जिबी ओली र एमाले नेताहरुबाट उम्मेदवारी हाल्न लगाइएका दिपेन्द्र कुमार जोशीको उम्मेदवारी कायम रहेको छ । एमाले नेताहरुको उम्मेदवारहरुमा अरु सबैले फिर्ता गरेपनि जोशीले भने बिद्रोह गरेर फिर्ता लिन नमानेको बताइएको छ ।

महिला उपाध्यक्षमा प्रजातान्त्रिक समुहबाट करिस्मा कुमारी योगी र समावेशीबाट मन्दिरा पाण्डे, महासचिवमा प्रजातान्त्रिबाट टंक प्रसाद शर्मा र समावेशीबाट भिम बहादुर रानाभाट तथा उपमहासचिवमा प्रजातान्त्रिकबाट टेक बहादुर खडका र समावेशीबाट मदनराज शर्माको उम्मेदवारी कायम रहेको छ ।

त्यसैगरि कोषध्यक्षमा प्रजातान्त्रिक समुहबाट मख्खन धामी र समावेशीबाट सलाउद्दीन जसगढको उम्मेदवारी कायम भएको छ । २ जना एशोसियट सदस्यका लागि प्रजातान्त्रिक समुहबाट प्रदिप कुमार गुप्ता र पुरुषोत्तम अग्रवाल तथा समावेशीबाट कमल कुमार कार्की र संजय अग्रवालको उम्मेदवारी कायम भएको छ । उद्योगी संजय अग्रवाललाई समावेशी समुहमा सामेल नगरेको भन्दै समावेशी समुहको घोषणासभामा एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपतीले सहमति भंग गर्ने चेतावनी दिएर निस्केका थिए । एमालेको फरक गुटका कमल कार्कीलाई एमाले नेतृत्वले स्वीकार गरेको छ भने समावेशीका अगुवाहरुले पनि संजय अग्रवाललाई समावेशी समुहमा सहभागी बनाउन सहमति गरेका छन् ।

सम्बद्ध सदस्यहरुमा प्रजातान्त्रिक समुहबाट हिमनाथ पौडेल र बिनय श्रेष्ठ तथा समावेशीबाट फणाधर भण्डारी उम्मेदवार रहेका छन् । दुबै समुहमा नरहेको घोषणा गरेको किसन गुरुङको पनि सम्बद्ध सदस्यमा उम्मेदवारी परेको छ ।

सदस्यहरुमा शिव प्रसाद दाहाल, अतुल कुमार गुप्ता हलवाई, विवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, कैफुलबरा जोलाहा, सुनिल भण्डारी वल वहादुर विष्ट, ईन्दिरा कुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धि बहादुर बि.के., सुदन केसी, शिवराज कुर्मी, धर्मेन्द्र ठठेर, टिकामणी उपाध्याय, डम्बर बहादुर चन्द, जमालुद्दिन अन्सारी र उत्तम कुमार गुप्ताको उम्मेदवारी कायम भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : ०३ बजे

भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले चीनको सिजाङ स्वशासित

धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

पर्वतका जङ्गलबाट बहुमूल्य जडीबुटी चोरीनिकासी गरेर सिध्याईँदै

पर्वत । आवश्यक संरक्षण र उपयोग गर्न नसक्दा पर्वतका वन

लुम्बिनीमा दानपेटिकाबाट १ करोड ४३ लाख संकलन

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिरमा राखिएको दानपेटिकाबाट १

प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला

काठमाडौं । उच्च अदालत पाटनले तथ्य र आधारबिना सूचना सम्प्रेषण