१० पुस २०८१, बुधबार | December 25, 2024

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसी आक्रमण, चारको मृत्यु दर्जनौ घाइते



किभ । युक्रेन माथी रुसी आक्रमण हुदाँ चार जनाको मृत्यु भएको छ भने झन्डै पाँच दर्जन मानिस घाइते भएका छन् । युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी क्षेप्यास्त्रहरूले क्रिभिई रिह श्माको एउटा अपार्टमेन्ट कम्प्लेक्स र विश्वविद्यालयको भवनमा प्रहार गरेको बताए ।

उनका अनुसार आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए । किभ रिह शहर मध्य युक्रेनमा स्थित छ र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर पनि हो ।

उनका अनुसार दुई क्षेप्यास्त्रमध्ये एउटाले चौथो र नवौं तलाको बीचमा रहेको अपार्टमेन्टको केही भाग ध्वस्त पारेको छ । भिडियोमा भवनबाट कालो धुवाँ निस्किरहेको देखिन्छ । साथै कारहरूमा  जलेका छन छन् भने रूखले भरिएको सडकमा क्षतिग्रस्त भएको छ ।

मृत्यु हुनेमा एक १० वर्षीया बालिका पनि रहेको अधिकारीहरूले बताएका छन् । डिनिप्रोका गभर्नर सेर्ही लिसाकले बिहानको आक्रमणमा ५३ जना घाइते भएको बताए । आक्रमणमा विश्वविद्यालयको चार तले भवनको एक भाग पनि ध्वस्त भएको छ ।

यसैबीच, रुसको कब्जामा रहेको डोनेट्स्क प्रान्तका नेता डेनिस पुशिलिनले डोनेस्कमा युक्रेनी तोपको गोलाबारीमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएको बताए ।

युक्रेनी सेनाले सोमबार डोनेट्स्क सहरमा एउटा बसलाई ठक्कर दिएर गोली चलाएको थियो । डोनेट्स्कमा रुसद्वारा स्थापित नेता पुशिलिन हुन् । कुनै पनि पक्षले स्वतन्त्र रूपमा यसको प्रमाणित भने गरेको छैन ।

युक्रेनी सेनाले पश्चिमी सहयोगीहरूको सहयोगमा हतियार तैनाथ गरेर र रुसी सेनालाई कब्जा गरेको क्षेत्रबाट बाहिर धकेल्ने प्रयास गरिरहेका छन् । गत हप्ता रुसले युक्रेनका तीन ड्रोन खसालेपछि द्वन्द्व बढेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : ४२ बजे

तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

तेह्रथुम । लालीगुराँस नगरपालिका-३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ

जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

धरान । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का

चितवनमा भोलिदेखि ‘मह उत्सव’

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका

काठमाडौं उपत्यकामा आज आंशिक बदली हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान