नयाँदिल्ली । मणिपुर सरकारले म्यानमारबाट राज्यमा आउने मानिसहरूको बायोमेट्रिक डाटा लिन सुरु गरेको छ । यसको उद्देश्य मणिपुरमा अवैध रूपमा बसोबास गर्ने म्यानमारका नागरिकहरूको पहिचान गर्नु हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो काम सेप्टेम्बर २०२३ सम्ममा पूरा गर्न भनिएको छ । यो काम पहिले पनि चलिरहेको थियो तर राज्यमा हिंसाका कारण रोकिएको थियो ।
गत मे ३ यता कुकी र मेइती समुदायबीच जारी हिंसामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ । ५ हजार ९ सय ९५ मुद्दा दर्ता भएका छन् । ६ हजारभन्दा बढी मानिस हिरासतमा छन् । आगजनीका ५ हजारभन्दा बढी घटना भएका छन् । करिब ६० हजार मानिस घरबारविहीन भएका छन् ।
राज्यमा हिंसा रोक्न सरकारले अब घुसपैठ गर्नेहरुको पहिचान गरिरहेको छ । तर, दुई समुदायका बिचमा हिंसा बढे पछि पुनः बायोमेट्रिकको काम सुरु गरिएको हो ।
प्रतिक्रिया