बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलमा आवश्यक संख्या पुग्ने बितिक्कै नेतृत्व परिवर्तन हुने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले कांग्रेसको नेतृत्व परिवर्तनका लागि आफु उपयुक्त समय कुरिरहेको बताए ।
उनले वर्तमान रकारले जनताप्रति दत्तचित्त भई काम गरिरहेको उल्लेख गर्दै वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने बताए । उनले नेपाली कांग्रेसको नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरुका बीचमा गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्ने तथा नयाँ तरिकाले अघि बढने बारेमा निर्णय लिने पनि बताए ।
कोशी सरकार निर्माणको बिषयमा भएको बिबादका बारेमा तत्कालै कुनै प्रतिक्रिया नदिएका महामन्त्री थापाले सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार जनाए ।
केन्द्रीय समितिको बैठक स्थगित भएको र सो बैठक सुरु हुने बितिक्कै पार्टीको भावी कार्यदिशा र कार्ययोजनाका बारेमा थप गहन छलफल हुने उनको भनाई छ।
प्रतिक्रिया