५ चैत्र २०८१, मंगलबार | March 18, 2025

पर्वतको जलजला आलुको बीउमा आत्मनिर्भर



पर्वत । वर्षौँ पहिलेसम्म पर्वतका विभिन्न स्थानमा आलु खेतीका लागि क्याङ, लेस्पार, बनौँ, लगायतका ठाउँमामा पुगेर बीउ ल्याउने प्रचलन थियो । चिसो र लेकाली भेगमा फलेको आलुको स्वाद मिठो हुने भएकाले ती ठाउँमा पुगेर चामलसँग आलुको बीउ विनिमय गर्ने चलन पुरानो हो ।

तर आजभोलि क्याङ, लेस्पार, बनौँ, लगायतका किसानले बाहिर निर्यात गर्ने भन्दा पनि आफ्ना लागि आवश्यक बीउ मात्रै राखेको प्रायः भेटिन्छ । हाइब्रिड जातका बीउले बजारमा बर्चश्व जमाएको बेलामा ती लेकाली भेगमा समेत आयातित बीउ प्रयोग हुने क्रम बढ्दै जान थालेको छ ।

रैथाने जातका आलुको बीउमा विभिन्न समस्या देखिएपछि जलजला गाउँपालिकाले आफै पूर्व मल बीउ र उन्नत जातको बीउ उत्पादनको काम गर्दै आएकोमा बीउमा आत्मनिर्भर बनेको गाउँपालिकाको कृषि शाखाका प्रमुख राजु गौतमले बताए । गाउँपालिकाले उत्पादन गरेको आलुको पूर्व मूल बीउबाट उत्पादन भएको आलुको बीउ कोल्ड स्टोरमा राख्नको लागि पठाइसकिएको छ । त्रिपन्न हजार दुई सय दाना बीउ लगाएकोमा त्यसबाट ६ हजार पाँच सय किलो उत्पादन भएको छ ।

उनले भने, “दोस्रो पुस्ताको उन्नत बीउ १० मेट्रिक टन लगाएकामा ७५ मेट्रिक टन उत्पादन गरेर कोल्ड स्टोरमा राखिएको छ । यही वर्ष पनि हामीलाई आवश्यक बीउ पुग्छ । केही निर्यात हुनसक्ने अवस्था रहला, अर्को वर्ष त हामीलाई आवश्यक भन्दा धेरै बीउ तयार भएको हुने छ ।”

पूर्व मूल बीउबाट पहिलो चरणमा उत्पादन भएको ६.१ मेट्रिक टन बीउ कोल्ड स्टोरमा राख्नका लागि पोखरा पठाइएको छ । उन्नत जातका रूपमा लिइएको खुमल उज्ज्वलको ‘हार्भेस्टिङ’ बाँकी नै रहेको भन्दै शाखा प्रमुख गौतमले यो जातको बीउ आठ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको बताए ।

असिनाका कारण खुमल सेतो १ मा ५० प्रतिशत उत्पादन कम हुँदा पनि करिब लक्ष्य अनुसारकै बीउ तयार हुने अवस्था रहेको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ मा ७५.५ मेट्रिक टन दोस्रो पुस्ताबाट उत्पादित बीउ आलु र आठ मेट्रिक टन मूल बीउबाट अन्य बीउ उत्पादन सुरु गरेपछि गाउँपालिकामा खपत हुन नसकेको बीउ निर्यात गर्ने अवस्था आउने गाउँपालिकाले जनाएको छ ।

करिब रु १० लाखको लगानीमा उत्पादन हुने उन्नत जातको बीउ किसानले आलु खेतीका लागि पाउने छन् । तर पूर्व मूल बीउ भने गाउँपालिकाको प्रत्यक्ष निगरानी र लगानीमा किसानले लगाउने छन् । यो बीउका लागि किसानको छनोट, आलुको प्लटिङ, लगानी, निगरानी लगायतका काम गाउँपालिकाले नै गर्ने छ ।

गाउँपालिकाका अध्यक्ष राजु आचार्यले गाउँपालिकाले यस वर्ष रु २५ लाख लगानी गरेकोमा अर्को आर्थिक वर्षसम्ममा करिब रु डेढ करोड लगानी गर्ने बताउँछन् । यसवर्ष मूल बीउ एक हजार पाँच सय र उन्नत जातको १५ हजार बोरा बीउ उत्पादन गर्न आफूहरू सफल हुनुले बीउमा आत्मनिर्भर बन्न सकिएको उनको भनाइ छ । गाउँपालिकाले रैथाने तथा परम्परागत जातका आलुका बीउको संरक्षणको प्रयास गरेको भए पनि रैथाने जातको बीउमा विभिन्न समस्या देखिएपछि किसान उन्नत जातको बीउमा आकर्षित भएको उनले बताए ।

“यहाँका बनौँ लगायतका क्षेत्रमा फल्ने आलुको बीउ लिनका लागि कहाँ कहाँदेखि सर्वसाधारण आउँथे । तर आजभोलि ती रैथाने जातको आवश्यक परीक्षण नहुनु, एउटै जातको बीउ धेरै वर्षसम्म प्रयोग हुनु, कीरा र कमिलाको प्रकोप बढी हुने लगायतका समस्याका कारण लगानी अनुसारको उत्पादन हुन सकेको छैन’, अध्यक्ष आचार्य भने, “हामीले नै तयार पार्ने उन्नत जातको बीउ अब हामीलाई बढी हुन्छ । रैथाने जातका आलु स्वादका लागि मीठो भए पनि किसानलाई आत्मनिर्भर बनाउन नसक्दा किसानको रोजाइमा परेको छैन ।”

आलुको बीउ उत्पादनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अवस्थामा संघीय सरकारले सहयोगको आश्वासन दिए पनि सहयोग भने नआएको गाउँपालिकाले जनाएको छ । जलजला गाउँपालिकाका विभिन्न स्थानको मौसम र माटोको अवस्था अनुसार कृषि प्राविधिकले कात्तिक र मङ्सिरमा आलु लगाउँदा जनकदेव र खुमल उज्ज्वल जातको तथा पुस र माघमा आलु लगाउँदा जनकदेव र खुमल सेतो–१ लगाउन सुझाव दिएका छन् । जनकदेव जातको आलुलाई असिना र प्रकोपको रूपमा आउने डढुवाले पनि धेरै क्षति गर्न नसक्ने भएकाले किसानलाई फाइदा हुने प्राविधिकको सल्लाह छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ४ : ४१ बजे

अछाममा बिहानै भूकम्पको धक्का

काठमाडौं । अछाममा आज भूकम्प गएको छ । अछामको बाटुलासेन

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

काठमाडौं । चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ

च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

तनहुँ । जिल्लाको व्यास नगरपालिका-६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका

अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र

‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ मत विभाजनबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन