२० चैत्र २०८१, बुधबार | April 2, 2025

सदनको अवरोध अन्त्य गर्न एमाले सहमत



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सदनको अवरोध अन्त्य गर्न सहमत भएको छ । गत बुधबारदेखि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ ।

आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचकाके छलफलमा सदनमा चित्तबुझ्दो भाषामा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउन सहमत भएको हो ।

बैठकबाट बाहिरिने क्रममा अब सदन खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘भरे देख्नुहुन्छ।’

सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले शीर्षनेताको बैठक राखेका हुन् । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गरेको एमालेका अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार दल कांग्रेस सभापति देउवाले छलफल गरेका हुन् ।

आइतबार बसेको राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ भने प्रधानमन्त्रीको आग्रहमा १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह ३ बजेसम्मका लागि सारिएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  २ : ०१ बजे

राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ

काठमाडौं। भुकम्प पीडितलाई राहात सामाग्री बोकेर नेपाली सेनाको टोली म्यान्मारतर्फ

स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट सर्वदा निषेधित छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि

नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल