सुर्खेत । आज कर्णाली प्रदेशसभा बैठक बस्दैँछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्न लागेको हो ।
प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आइतबार बस्ने गरी तय गरिएको छ ।
यस अघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो । जसकाकारण बैठक सुचारु हुन सकेका थिएन । बजेट संशोधन नभएसम्म संसद अवरुद्ध गर्ने एमालेले चेतावनी छ ।
संसदमा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन । तर, पनि बैठक आजका लागि बोलाईएको छ ।
प्रतिक्रिया