३१ भदौ २०८१, सोमबार | September 17, 2024

ओखलढुंगामा पहिरो : एकै परिवारका चार जनाको मृत्यु



काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ जनजाति बस्ती (गुरुङ बस्तीमा) पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोले १५ वटा घर बगाएको छ ।

बिहीबार राति ११ बजे गएको पहिरोले २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर बरालले जानकारी दिए । उनका अनुसार स्थानीय ३८ वर्षीय रणबहादुर गुरुङ, श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश गुरुङ र डेढ वर्षकी कविताको मृत्यु भएको हो ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष बरालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : ४९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित