२९ पुस २०८१, सोमबार | January 14, 2025

नीति तथा कार्यक्रम पढ्नु अघि बुटवलका नगर प्रमुखले खाए ‘ग्रेटर नेपाल’को कसम

नगर प्रमुख अडिएलान 'ग्रेटर नेपाल' अभियानको अडानमा ?



बुटवल । बुटवल उपमहानगरपालिकले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि उपमहानगर प्रमुख खेलराज पाण्डेयले काठमाडौ महानगर प्मुख बालेन्द्र शाहको पथ पछ्याउँदै एउटा सन्देश दिन खोजेका छन् । नीति तथा कार्यक्रम प्रस्तुत गुर्नपूर्व बुटवलको जिथगढी किल्ला परिषरमा राखिएको ग्रेटर नेपालको नक्सा मुनी कसम खाएर उनले नयाँ सन्देश दिन खोजेका हुन् ।

संघीय सरकारले मान्यता नदिएको ग्रेटर नेपालको नक्सा मुनी बसेर कसम खाएका नगरप्रमुख पाण्डेयले ग्रेटर नेपालको पक्षमा उभिने सन्देश दिँदै छिमेकी भारतीय शासकलाई चुनौती पनि दिन खोजेका छन् । यद्देपी उनले नीति तथा कार्यक्रम प्रस्तुतीका क्रममा ग्रेटर नेपालको नक्सा मुनी बसेर कसम खाएर आएको बताए पनि ग्रेटर नेपाल कार्यान्वयनको पक्षमा लड्ने प्रतिबद्धता भने ब्यक्त गरेनन् ।

उनले उजिरसिंहको शालिकमा नमन गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरे र त्यो संगै ग्रेटर नेपालको नक्सा मुनी बसेर पनि फोटो खिचाए ।

कार्यक्रम प्रस्तुत गर्नु अघि उनी आज बिहानै जिगढी किल्लामा पुगेर अंग्रेज सेनालाई हराउने उजिर सिंह थापाको शालिकमा माल्यार्पण गर्दै शाहदात प्राप्त गरेका नेपाली शहिदहरुको शालिक अगाडि बसेर नराम्रो काम नगर्ने कसम खाएको पाण्डेयले नगरसभालाई सुनाएका थिए ।

कार्यक्रम प्रस्तुत गर्नु अघि जितगढी पुगेर कसम खाएको बताएपनि कार्यक्रममा भने जितगढीलाई नीति तथा कार्यक्रममो एउटा बुँदामा सिमित राख्दै अन्य स्मारक र पार्कहरुकै हैसियतमा पर्यटन प्रवर्द्धन गर्ने बताइएको छ । कार्यक्रमको २३१ नम्बर बुँदामा बुटवलका महत्वपूर्ण पर्यटकीय स्थलहरु जितगढी किल्ला, युद्ध संग्रहालय, पूरानो बुटवल क्षेत्र, मणिमुकुन्दसेन उद्यान, हिलपार्क, मिलनपार्क, पिस पार्क, सिद्धबाबाधाम, मुक्तिनाथधाम, निलकण्ठबाबाधाम, नरैनापुरधाम, बैठौलिया ताल, वाटरपार्क, थारु संग्रहालय, भैरव पार्क, पाणिनी पार्क, लक्ष्मी पार्कलगायत अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । नुवाकोट क्षेत्रमा कर्णेल उजिरसिंह पार्क तथा रामापिथेकस पार्क निर्माण तथा हिलपार्कमा बुद्ध मूर्ति स्थापनाका लागि पहल गरिने तथा अन्य पर्यटकीय क्षेत्रको पहिचान गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने कार्यक्रममा लेखिएको छ ।

जितगढी जस्तो अन्तराष्ट्रिय महत्व राख्ने गढी किल्लाको विषयलाई हिलपार्क र पिसपार्क कै हैसियतमा राखेर सिमित गरिएको कार्यक्रम अघि सोही स्थानमा पुगेर कसम खानुको अर्थ नरहने नगरसभाका एक सदस्यले नाम नछाप्ने सर्तमा खबरकुरालाई भने ।

राज्यले मान्यता नदिएको ग्रेटर नेपालको नक्सालाई औपचारिक मान्यता दिएका नगर प्रमुख पाण्डेयले थोरै भएपनि राज्यसँग बिद्रोहका स्वर भने उठाउन सकेका छन् । त्यसो त पाण्डेयले चीन र जापानका बिभिनन शहरहरुसँग भागीनी सम्बन्ध बनाएपनि भारतका कुनै शहरसँग समबन्ध नबनाएर आफुलाई फरक ब्यक्तित्वकारुपमा प्रस्तुत गर्न सकेका छन् ।

नीति तथा कार्यक्रम पढ्नु अघि गौरवकासाथ आफुले ग्रेटर नेपालको नक्सामुनी कसम खाएको बताएका नगरप्रमुख पाण्डेयले भोलिका दिनमा ग्रेटर नेपालका पक्षमा उभ्याउन कति सक्षम होलान त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १० : २५ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती