२८ मंसिर २०८२, आइतबार | December 14, 2025

साइबर अपराध र बैंकिङ कसुरका मुद्दा लड्न अव काठमाडौ जान नपर्ने, जिल्ला अदालतबाटै लड्न सकिने



काठमाडौँ । संघीय सरकारको मन्त्रिपरिषदले साइबर अपराध र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतमै चल्न सक्ने गरि निर्णय गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले साइबर अपराध र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतमै चल्ने गरि निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बुधबार पत्रकार सम्मेलन गर्दै विद्युतीय कारोबार ऐन २०६३ को दफा ६० को उपदफा ५ बमोजिम मुद्दाको सुरुवाती कारबाही र किनारा लगाउने अधिकार जिल्ला अदालतलाई दिने निर्णय भएको जानकारी दिइन् ।

विद्युतीय कारोबार ऐनको दफा ६० मा सूचना प्रविधि न्यायाधिकरण गठनसम्बन्धी व्यवस्था गरिएको छ।

शर्माले सर्वसाधारणलाई पनि सहज हुने भएका कारण यी दुई कसुरका मुद्दा जिल्ला अदालतबाटै सुरु हेरेर किनारा लगाउने निर्णय भएको बताइन् । पछिल्लो समय साइबर अपराध र बैंकिङ कसुरका मुद्दा सर्वसाधारणको टाउको दुखाइका विषय बनेको थियो ।

सोही दफाको उपदफा ५ मा न्यायाधिकरण गठन नभएसम्मलाई परिच्छेद ९ मा उल्लेख भएका कसुहरुको सुरु कारबाही र किनारा गर्ने क्षेत्राधिकार नेपाल सरकारको राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको जिल्ला अदालतलाई हुने व्यवस्था थियो। त्यसबमोजिम यी मुद्दा अहिले काठमाडौं जिल्ला अदालत मात्रै हेर्ने गरिएको थियो। मन्त्रिपरिषदको निर्णयसँगै दुई मुद्दाका लागि सर्वसाधारणले काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।

सरकारले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा १७ (१) बमोजिमको मुद्दा र त्यही ऐनको दफा ३ को खण्ड ‘ग’ बमोजिमको मुद्दाको सुरु कारबाही र किनाराको अधिकार पनि सबै जिल्ला अदालतलाई दिएको छ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : ०४ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई