१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

पाकिस्तानका चार जिल्लामा भारी वर्षाका कारण ७ जनाको मृत्यु, ७२ जना घाइते



खैबर पख्तुनख्वा । आइतबार साँझ प्रान्तीय राजधानीको छेउमा बन्नु डिभिजनका तीन जिल्लामा भारी वर्षाका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य ७२ जना घाइते भएका छन् ।

बन्नु डिभिजनमा ५ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् भने प्रान्तीय राजधानीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बन्नुका कमिश्नर परवेज सबतखेलले डनलाई बताए अनासर बन्नु, लक्की मारवत र उत्तरी वजिरिस्तान जिल्लाहरूमा तीव्र हावासँगै भारी वर्षा भएको छ । उनका अनुसार बन्नु जिल्लामा तीन जनाको मृत्यु र ५१ जना घाइते भएका छन् भने लक्की मारवत जिल्लामा एक जनाको मृत्यु र १६ जना घाइते भएका छन् । त्यसैगरी उत्तरी वजिरिस्तान जिल्लामा एक जनाको मृत्यु भएको छ ।

क्षतिको आँकलनका लागि प्रभावित क्षेत्रमा टोली पठाइएको र जिल्ला प्रशासनलाई सर्तक अवस्थामा राखिएको बताइएको छ । उनले विपद्पीडित जनतालाई तत्काल सहयोग पु¥याउनका लागि उपलब्ध सबै साधन स्रोत परिचालन गरिएको दाबी गरेका छन ।

शक्तिशाली हुरी र मुसलधारे वर्षाले दक्षिणी क्षेत्रहरूमा व्यापक क्षति पुर्याएको छ । बाढीले सडकमा क्षति पुर्याएको छ । उद्धारकर्मीहरूले बन्नुको कक्की, खुजारी र हवेद क्षेत्रबाट उद्धार गरी १५ जना पीडितलाई अस्पताल पुर्यााएको उल्लेख गरेका छन् ।

पेशावरमा वर्षाका कारण भएका विभिन्न दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको उद्धारकर्मीले जानकारी दिएका छन् ।

बडाभेरमा पर्खाल भत्किएको र निस्ताराबादमा मस्जिदको गोठ भत्किएको रेस्क्यु ११२२ का प्रवक्ता बिलाल अहमद फैजीले बताउँनु भएको छ । त्यसैगरी हावाहुरीले गभर्नर हाउस बाहिरका रुखहरु ढलेका छन् ।
जुन १० मा बन्नु र लक्की मारवाट लगायत दक्षिणी क्षेत्रहरूमा आएको शक्तिशाली आँधी, भारी वर्षा र असिनाको पहिलो चरणमा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने १४५ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ३२ बजे

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा महोत्तरीको रेल्वे ट्रयाकमा कार्यरत सशस्त्रका सई पक्राउ

काठमाडौं । महोत्तरी लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा

कोहलपुरमा जिपको ठक्करबाट वृद्धको मृत्यु, सुनवलबाट जिप सहित चालक पक्राउ

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल

शंखमुलमा इनारमा खसेका व्यक्तिको सकुशल उद्धार

काठमाडौं । शुक्रबार बिहान शंखमुलमा इनारमा खसेका एक व्यक्तिको सकुशल

मानवसेवा आश्रमको महायज्ञबाट दुई करोड ७६ लाख सङ्कलन

सर्लाही । मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले सर्लाहीको हरिवन