२८ पुस २०८१, आइतबार | January 12, 2025

मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ : अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द लिङ्गदेनले राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रविन्दुमा राखेर मुलुकको अन्तर्राष्ट्रिय छविलाई विश्वसनीय तुल्याउनुपर्ने बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद लिङ्देनले छिमेकी र विदेशीसँग कुरा गर्दा कोही रिसाउँछन् कि भन्ने कमजोर मानसिकताका आधारमा नभइ मुलुकको स्वाभिमान र प्रतिष्ठालाई ध्यान दिएर गर्नुपर्ने बताए । उनले कूटनीतिक क्षेत्रमा नियुक्ति गर्दा राजनीतिक रुपमा गर्ने परम्पराको अन्त्य गर्न परराष्ट्र मन्त्रालय गम्भीर हुनुपर्ने बताए ।

रासायनिक मलको बर्सेनि अभाव हुने समस्या अन्त्यका लागि स्वदेशमै मल कारखाना स्थापनाका लागि लगानीकर्तालाई प्रबद्र्धन गर्नुपर्ने सांसद लिङ्देनको भनाइ थियो । उमेर पुगेर पनि नेपाली नागरिकले नागरिकता नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

“बाबुआमा नेपाली भएर पनि नागरिकताविहीन हुने अवस्था विडम्बनापूर्ण छ”, सांसद लिङ्देनले भने, “यस्तो अवस्था हुनुहुँदैन । नागरिकतासम्बन्धी नयाँ विधेयक अहिलेको संसद्मा ल्याइओस् । हामी छलफल गरेर छिटो पारित गर्न तयार छौँ ।”

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ५२ बजे

पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो

सदन छलेर अध्यादेश ल्याएको भन्दै नागरिक समाजको आपत्ति

काठमाडौं । सरकारले संसद् बैठक बोलाउनुपर्नेमा त्यसो नगरी अध्यादेश जारी

विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ

प्राकृतिक स्रोतको सलामी रकम : प्रदेश र स्थानीय तहको हिस्सा बढाउने तयारी

काठमाडौं । प्राकृतिक स्रोतको सलामी रकम (रोयल्टी) वापतको राजस्व बाँडफाँटमा

प्युठानको नारिकोटमा बुटवल हस्पिटलको स्वास्थ्य शिविर, ६ सय ४४ बिरामीले लिए सेवा

बुटवल । बुटवल हस्पिटल प्रा.लि.ले प्युठान जिल्लाको गौमुखी गाउपालिका वाड