२८ पुस २०८१, आइतबार | January 12, 2025

बजारको बर्गिकरण सहित गुरुयोजना नबनाई आधुनिक बुटवल बन्न नसक्ने उद्योगी-व्यवसायीको ठहर



बुटवल । बुटवलको बजार गुल्जार बनाउन सरकारको मात्र मुख ताक्न नहुने सरोकारवालाहरुले बताएका छन् । उनीहरुले बजारलाई गुल्जार बनाउन ब्यवसायीहरु आफै सुध्रिन जरुरी रहेको बताए । तस्करीको सामान नकिनिदिने, आफैले बिदेशी बजारमा खरिद नगरिदिने र उपभोक्ता मुखी भएर मुल्य निर्धारण गरेर बुटवललाई गुलजार बनाउन सकिने उनीहरुको ठहर छ ।

उपभोक्ता हित संरक्षण मंच रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी ब्यवसायीहरुले ब्यवसायी र स्थानीय सरकारको सहकार्यमा आधुनिक बुटवलको गुरुयोजना बनाउन आवश्यक रहेको बताए । उनीहरुले बजारको बर्गिकरण गरेर सुरुदेखि नै ब्यवस्थापन गर्न नसके भोलीको बुटवल अस्तब्यस्त हुने तर्फ पनि उनीहरुले ध्यानाकर्षण गराए । सहभागीहरुले बुटवललाई बृहद विकास गर्न बुटवल उपमहानगरको मुख्य भुमिका हुने उल्लेख गर्दै उपमहानगरले सम्भावनाको खोजी गरि योजना बनाउन सक्नु पर्ने सुझाव दिए । उनीहरुले उपमहानगरले करको दर भन्दा करको दायरा बढाउन सुझाव दिँदै बुटवलमा ठुलो संख्यामा करको दायरा बाहिर रहेर ब्यवसाय चलेको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उप प्रमुख साबित्रादेबी अर्यालले बुटवलको मुख्य समस्या पार्किङ भएको उल्लेख गर्दै अव उपमहानगरले अनुपयाग भएका जग्गा कब्जा गरेर भएपनि पार्किङ ब्यवस्थापन गर्ने बताइन् । उनले उपयोग बिहिन बनाएर कम्पाण्ड घेरिएका जग्गा उपमहानगरले नियन्त्रण गरेर उपयोग गर्ने गरि नीति तथा कार्यक्रम बनिरहेको जानकारी दिइन् ।

खाद्य सुरक्षामा उपमहानगरले कुनै सम्झौता नगर्ने बताउँदै उप प्रमुख अर्यालले बजार अनुगमनलाई तिब्र पारिने जनाइन् । उनले अनुगमनमा निस्कंदा बिभिन्न दवाव आउने गरेको बताउँदै दवावका बाबजुद पहिलो पटक सुझाव, दोस्रो पटक जरिवाना र तेस्रो पटक ब्यवसाय सिल गरिने चेतावनी दिइन् । त्यो पसल त हाम्रो मन्छेको हो, त्यहाँ किन अनुगमन गर्नु भयो ? भन्ने जस्ता प्रश्न आफुलाई आउने गरेको पनि उनले खुलासा गरिन् ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बुटवल पहाड देखिको रिस साँध्ने स्थान बनेको जिकिर गरे । पुरानो रिस साँधेर खुकुरी हानाहान हुने गरेको सुनाउँदै उनले बुटवलमा शान्तिसुरक्षा चुनौतीपूर्ण रहेको बताए । योजना बनाएर मात्र रात्रिकालिन बजार संचालन गर्न उनले ब्यवसायीहरुलाई सुझाव दिए ।

रुपन्देही उद्योग संघका उपाध्यक्ष कृष्ण पराजुलीले बुटवलको चहलपहल बढाउन शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आवश्यक रहेको बताए । ‘बुटवलमा एमबिबीएस गर्ने ठाँउ छैन, जटिल बिरामी आए गोरखपुर वा चितवन पठाईन्छ, अनि बुटवलमा मान्छे कसरी रोकिन्छ ?’ उनले प्रश्न गरे ।

बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष मुक्ति अधिकारीले उपभोक्ताको विश्वास कायम गर्न ब्यवसायी आफै सुध्रिन आवश्यक रहेको बताए । भन्सारमा १ सय भन्दा बढीको सामान रोकेर बजारमा चहलपहल बढेको उल्लेख गर्दै उनले ब्यवसायीले पनि तस्करीको सामान किन्न छाड्नु पर्ने बताए ।

पत्रकार शरण कर्माचार्यले स्थानीय सरकारले कपाल काट्ने हजाम र अटो रिक्साको समेत मुल्य सूची बनाउन नसकेको आरोप लगाए । उनले अनुगमन भनसुन र सम्झाई बुझाईमा सिमित भएको बताउँदै कडा एक्सन चाल्न उपमहानगरलाई आग्रह गरे । रात्रि बजार मदिरा पिएर हल्ला गर्नका लागि मात्र नभएर घर परिवार सहित खरिद बिक्री र मनोरन्जन लिन मिल्ने गरि संचालन गर्न सकिने हुनु पर्ने बताए ।

समुन्द्र जिसीको सभापतित्वमा भएको कार्यक्रममा चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष जेपी कंडेल, होटल तथा रेष्टेरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, खुद्रा तथा किराना ब्यवसायी संघका अध्यक्ष गोपाल प्रधान, पर्यटन ब्यवसायी रचना पन्तलगायतले बुटवललाई गुलजार बनाउन शुन्यबाट योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको बताएका थिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : ५४ बजे

बागलुङमा ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण हुँदै

बागलुङ । दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण

आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण

बुटवलमा खुल्यो ईको चाजिङ स्टेशन

बुटवल । बुटवल उपमहानगरपालिका-९ इटाभट्टिमा ईको चाजिङ स्टेसन सन्चालनमा आएको

भरियाले धानेकोे खुम्बु क्षेत्रको ढुवानी

सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय