२७ पुस २०८१, शनिबार | January 11, 2025

तरकारीमा लगाएको भ्याट हटाउन व्यवसायीहरुको माग

भ्याट लगाएपछि उपभोक्ता मूल्य र सिमा तस्करी वृद्धि भएको भनाई



बुटवल । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत तरकारी फलफूलजन्य केही वस्तुमा मूल्य अभिवृद्धि (भ्याट) लगाएपछि त्यसले नेपालको तरकारी व्यवसायमा प्रत्यक्ष असर गर्नुका साथै चोरी निकासीले प्रश्रय पाएको तर उपभोक्ता मुल्य बढेको तरकारी व्यवसायीहरुले बताएका छन् ।

उनीहरुले कृषि जस्तो कुहिने र चाडो नष्ट हुने उत्पादनमा विना तयारी भ्याट जस्तो जटिल कर लगाएर सरकारले चारी निकासीलाई बढावा दिएको आरोप लगाएका छन् । तरकारीमा भ्याट लगाउने निर्णयसंगै वजार मुल्य अनियन्त्रीत भएको र उपभोक्ता मुल्य बढेको बताउदै सरकारको पछिल्लो कदमले साना व्यवसायीहरु विस्तापित हुदै जाने र केहि ठूला व्यवसायीहरुको कब्जामा कृषि व्यवसाय पर्ने शंका उनीहरुको रहेको छ ।

रुपन्देही व्यापार संघको आयोजनामा शुक्रवार लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघसंगका पदाधिकारीहरुसंगको छलफलका क्रममा तरकारी व्यवसायीहरुले कृषि उत्पादन आलु प्याज आयातका क्रममा अग्रिम आयकर ५ प्रतिशत र ९ प्रतिशत कृषि सेवा शुल्क लिएको अवस्थामा १३ प्रतिशत भ्याट लगाउदा कृषि उत्पादनमा २७ प्रतिशत कर पुगेको र त्यसले चोरी निकासीले प्रश्रय पाएको बताएका छन् ।

व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुमा पनि सरकारले भ्याट लगाउने प्रावधान ल्याएर व्यवसाय नै संकुचित पार्न खोजेको भन्दै उक्त प्रावधान खारेजीको माग गरेका छन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसाइ संघका अध्यक्ष बाबुलाल भुसालले कृषि उपज तथा आलु, प्याजमा मूल्य अभिवृद्धि कर लगाउदा व्यवसायीहरु हतोत्साहित भएको र महँगी बढ्नै जाने भन्दै यो प्रावधान खारेजी बाहेक अर्को बाटो नभएको बताए । उनले सरकारको उक्त निर्णय पछि सिमा नाकाबाट तरकारीको अबैद्य कारोवार बढेर गएको तथ्यले देखाएको दावी गर्दै राज्यले राजश्व संकलनमा मात्र ध्यान दिदा व्यवसाय नै पलायन हुने तर नेपाली कृषि उत्पादनले संरक्षण पाउन नसक्ने अवस्था सिर्जना भएको भनाई राखेका थिए ।

लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघका संस्थापक अध्यक्ष घनश्याम भुसालले सरकारले हचुवाको भरमा तरकारीमा भ्याट लगाएको बताउदै त्यसको प्रत्यक्ष असर उपभोक्तालाई परेको धारणा राखेका थिए । भुसालले स्वदेशी कृषि उत्पादनको संरक्षण गर्ने कुराको आफुहरु विरोधि नभएको तर सरकारको कदमले स्वदेशी व्यवसायीलाई धाराशाही बनाउने बाटो समातेको जिकिर गरे ।

रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले स्वदेशी उत्पादन र स्वदेशी लगानीलाई संरक्षण गर्नु राज्यको दायित्व भएको बताउदै राज्यका निति कुनै पनि व्यवसायलाई मार्ने खालको हुन नहुने कुरामा जोड दिएका थिए । अध्यक्ष घिमिरेले तरकारीको व्यवसायको प्रकृतिले भ्याटको हिसाब राख्न जटिल हुने हुदा त्यसको सहजिकरण गरि सरल तरिकाले कार्य सम्पादन हुने तथा व्यवसायमा बाधा नहुने बातावरण बनेको खण्डमा सरकारको निर्णयमा व्यवसायीहरु सहयोगी बन्ने बताएका छन् ।

उनले तरकारी तथा फलफुल व्यवसायीहरुलाई परेको समस्याको विषयमा व्यापार संघले आवश्यक पहल कदमी लिने र अहिलेलाई भ्याट खारेज गर्नु पर्दछ भन्ने माग प्रति एक्यबद्धता जनाएका थिए ।

व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता, महासचिव दयानीधि भण्डारीको सञ्चालन, द्वितिय उपाध्यक्ष दिपक अधिकारीको स्वागतमा भएको कार्यक्रममा संघका निर्वतमान अध्यक्ष यमलाल लोहनी, संघका कोषाध्यक्ष ऋषिराम पाण्डे, सचिव फर्सुराम पन्त, सहकोषाध्यक्ष मणि खनाल, फलफुल व्यवसायी संघका महासचिव मेघनाथ पौडेल, कोषाध्यक्ष मनिष वर्नवाल लगायतले वर्तमान समस्या र विभिन्न सुझावहरु राखेका थिए ।

तरकारी, मासुजन्य वस्तु र फलफूलमा भ्याट लगाएपछि वजारमा महँगी बढेको उपभोक्ताहरुको भनाइ छ । दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तुहरु आलु तथा प्याजको कारोबारमा सरकारले भ्याट लगाएको भन्दै मुल्य मनपरि गरिएको उपभोक्ताहरू बताउछन् । आलु, प्याज जस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाएर सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाएकोमा उपभोक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : ०३ बजे

पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु

काठमाडौँ । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको

अपडेट : मनहरी दुर्घटनामा थप एकको मृत्यु

  हेटौडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा

विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क

बुटवलबाट गुल्मी जाँदै गरेको गाडीको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको यात्रुवाहक गाडीले ठक्कर दिँदा

भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भन्सार विन्दुमा भारतीय