२७ पुस २०८१, शनिबार | January 11, 2025

भारतमा फेसबुक बन्द गराउने कर्नाटक उच्च अदालतको चेतावनी



बैंग्लौर । कर्नाटक उच्च अदालतले फेसबुकलाई भारतमा बन्द गर्न चेतावनी दिएको छ । साउदी अरेबियामा थुनामा रहेका भारतीय नागरिकको मुद्दाको अनुसन्धानमा राज्य प्रहरीसँग फेसबुकले गरेको असहयोगको बिषयलाई लिएर सोअदालत फेसबुक बन्द गर्ने चेतावनी दिइको छ ।

न्यायाधीश कृष्ण एसले दक्षिण कन्नड जिल्लाको मङ्गलुरु नजिकै बिकर्णकट्टे निवासी कविताले दायर गरेको याचिकाको सुनुवाइ गर्दै दीक्षितले यस्तो चेतावनी दिएका हुन्। इजलासले फेसबुकलाई निर्देशन दिएको छ, ‘आवश्यक जानकारीसहितको पूर्ण प्रतिवेदन एक साताभित्र अदालतमा पेस गर्नुपर्छ ।’

साथै, भारतीय नागरिकलाई झुटो मुद्दामा पक्राउ गरेकोमा के कारबाही अघि बढेको छ ? भन्ने जानकारी केन्द्र सरकारले दिनुपर्ने पनि बताए । मङ्गलुरु प्रहरीले पनि उचित अनुसन्धान गरी प्रतिवेदन बुझाउनुपर्ने भन्दै अदालतले सुनुवाइ २२ जुनसम्म स्थगित गरेको छ।

५२ वर्षीय श्रीमान् शैलेश कुमार २५ वर्षदेखि साउदी अरेबियाको एउटा कम्पनीमा काम गर्दै आएको बेला उनलाई पक्राउ गरिएको थियो । कविताको पतिले नागरिकता संशोधन ऐन २०१९ र राष्ट्रिय नागरिकता दर्ताको समर्थनमा (एनआरसी) का बारेमा फेसबुकमा एक पोस्ट पोस्ट गरेका थिए । तर पछि  अज्ञात व्यक्तिले उनको नाममा नक्कली फेसबुक खाता खोलेर साउदी अरबका राजा र इस्लाम धर्मको विरुद्ध आपत्तिजनक पोस्ट गरिदिए ।

फेसबुकमा साउदी अरबको बिरुद्धमा पोष्ट गरेको जानकारी पाए लगत्तै उनल कुमारले परिवारलाई यसबारे सुरुमा जानकारी गराए । लगत्तै, उनकी श्रीमती कबिताल नक्कली फेसबुक अकाउन्ट खोल्नेलाई कारबाही गर्न माग गर्दै मङ्गलुरुमा प्रहरीमा उजुरी दिए ।

तर, सोही फेसबुक स्टाटसलाई लिएर साउदी प्रहरीले शैलेश कुमारलाई पक्राउ गरी जेल हालिदियो । उनी बिगत पाँच बर्ष देखी साउदी जेलमा छन् ।

सो घटनाको अनुसन्धानको जिम्मा लिएर मंगलुरु प्रहरीले फेसबुकलाई पत्र लेखेर नक्कली फेसबुक खाता खोलिएको बारे जानकारी मागेको थियो । तर, फेसबुकले प्रहरीलाई कुनै प्रतिक्रिया दिएन ।

निवेदकले अनुसन्धानमा ढिलाइको बारेमा प्रश्न गर्दै उच्च अदालतमा निवेदशन पुगे । कविताले आफ्ना श्रीमानलाई जेलबाट रिहा गर्न केन्द्र सरकारलाई पत्र पनि लेखेकी थिइन् ।

कविताले भारतीय सञ्चारमाध्यमसँग भनिन, ‘यदी फेसबुकले मैग्लरु प्रहरीको जवाफ दिएको भए, मेरो श्रीमानले जेलमा बस्नु पर्दैनथ्यो, उसले जवाफ नदिएका कारण नै आजसम्म मेरो श्रीमान जेलमा छन् ।’

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : ३७ बजे

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण

काठमाडौ । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक

कालिका टोल आमा समुहद्वारा नन्दिनी गौशालामा खाद्यान्न प्रदान

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्‍यो’

ललितपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं

वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्न प्रभु साहको माग

वीरगन्ज । आम जनता पार्टी (आजपा)ले मुलुकमा बढदै गईरहेको भ्रष्टाचारका

मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन