२७ पुस २०८१, शनिबार | January 11, 2025

प्रतिकूल मौसमले हवाई उडान प्रभावित



काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ ।

मौसम बदलीका कारण भिजिबिलिटी कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका अनुसार अहिले विराटनगर, जनकपुर, सिमरा, पोखरालगायतको विमानस्थलको उडान रद्द गरिएको छ ।

काठमाडौँबाट सिमराका लागि आज साँझ तय गरिएका दुई उडान रद्द गरिएको छ भने विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज उतै फर्किएको छ । धनगढीबाट काठमाडौँ आएका जहाज पनि लामोसमयको होल्डपछि काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

यस वर्षको मनसुन प्रणाली आज नेपालको कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भागमा आगमन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण काठमाडौँमा साँझपखदेखि अहिले पनि निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँको आकाश पूर्ण बदली रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ८ : २२ बजे

अनुगमनलाई तिब्रता दिन प्रदेश स्तरीय संयन्त्र निर्माण गरिन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्ताको हित संरक्षण

देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता

काठमाडौं । जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी

कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

बोगोटा । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा

राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ

मनाङ । मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस

संसद तालाबन्दी गरेर ल्याएको अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नेछन् : सोविता गौतम

काठमाडौं संघीय संसदको हिउँदे अधिवेसन नबोलाएकोमा असन्तुष्टी बढदै गएको छ