बुटवल । नेपालमा राजदरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको स्मृतीमा शुक्रबार बुटवलमा दीप प्रज्वलन गरिएको छ ।
हिमानी ट्रस्टको आयोजनामा बुटवल-११ देविनगर चोकमा दीप प्रज्वलन गरिएको हो ।
स्व. राजा विरेन्द्र शाहको २२ वर्षअघि आजकै दिन वंशनाश भएको स्मृतीमा दीप प्रज्वलन गरिएको रुपन्देही सहसंयोजक प्रजुना श्रेष्ठ शिलवालले बताइन । हिन्दु धर्मको पहिचानका रुपमा रहेका राज परिवारको नरसंहार हुनु नेपाली जनताको कालो हिमानी ट्रस्टको रुपमा रहेको उनले बताइन । २०५८ जेठ १९ गते राति तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा गोली चल्दा राजा वीरेन्द्रसहित उनको १० जनाको परिवारको हत्या भएको थियो । हालसम्म पनि हत्याकाण्ड रहस्यमय हुनु नेपाली जनताका लागि दुःखद रहेको हिमानी ट्रस्ट रुपन्देही कि सदस्य कृशा न्यौपानेले बताइन ।
कार्यक्रमको सञ्चालन गर्दै भिमनाथ शर्मा सम्पूर्ण नेपालीको एकताको पहिचान राज संस्थाको अन्त्य हुनेगरी भएको हत्याकाण्डको निस्पक्ष छानविन र दोषिमाथि कारबाही हुनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया