३१ भदौ २०८१, सोमबार | September 17, 2024

‘क्लिनग्रीन’ सिद्धार्थनगरका लागि डस्टबिन वितरण



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इकोफ्रेन्डली सिटी’का रुपमा विकसित गर्नका लागि नगरपालिकाले सरसफाइसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीय बस्तीलाई सफा र सुन्दर राख्नका लागि नगरपालिका-५ बाट डस्टबिन वितरण कार्यक्रम सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।

घरघरमा पुगेर सरसफाइसम्बन्धी जनचेतना दिँदै डस्टबिन वितरण गरिएको छ । नगरप्रमुख इस्तायिक अहमद खाँनले भने, “क्लिनग्रीन सिद्धार्थनगरको नारा अनुसार यसलाई सबै परिवारसम्म प¥याराउने छौँ ।”

सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’एण्ड ‘इको फ्रेन्डली सिटी’ बनाउने सपना साकार पार्न नगरपालिकाले प्रयास गरेको हुनाले सबै क्षेत्रबाट सहयोग र सहकार्यको आवश्यकता रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सडक-नाला तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाल्न नगरपालिकाले आग्रह गरेको छ ।

सरसफाइ अभियानमा सिद्धार्थनगरका सबै जनप्रतिनिधि सहभागी भएका छन् । सरसफाइ अभियान जनस्तरबाट हुनुपर्ने भन्दै उपप्रमुख उमा अधिकारीले यसको नेतृत्व नगरपालिकाले गर्ने बताएकी छिन ।

स्थानीय समाजसेवी ओमकार गौचनले नगरपालिको यो अभियानले आफूमा गर्वको अनुभूति भएको बताए । “सुन्दर नगरलाई सफा र हराभरा बनाउने जिम्मेवार पनि नगरपालिका र स्थानीय जनताको हो”, गौचनले भने ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ५ : १४ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित