३१ भदौ २०८१, सोमबार | September 17, 2024

परिवर्तनलाई स्वीकार गर्न नचाहनेहरुबाट संविधान र गणतन्त्रलाई कमजोर पार्ने कुचेष्टा भईरहेको छ : प्रदेश सभामुख घर्ती



बुटवल । १६ औं गणतन्त्र दिवसको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको परिणाम भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै सभामुख मगरले गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, जनआन्दोलन एवं विभिन्न चरणका संघर्षहरुमा बलिदानी दिने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले घाइते तथा अपाङ्गता भएकाहरु, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान पनि सन्देशमा व्यक्त गरेका छन् । सोमवार विहान जारी गरिएको शुभकामना सन्देशमा सभामुख घर्ती मगरले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको परिणाम भएको उल्लेख गर्दै विभिन्न कालखण्डमा विभिन्न प्रकारका शासन व्यवस्थालाई अंगिकार गरेको तर ति व्यवस्थाले जनताकोे भावना र विचारलाई कदर गर्न नसकेकै कारण सबै क्षेत्र, वर्ग र समुदायको आशा र विश्वासको धरोहरको रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रामक व्यवस्थाको शुरुवात भएको जनाएका छन् ।

सभामुख घर्ती मगरले जनताले गणतन्त्रको अनुभूति गर्न पाउने गरी काम गरेर देखाउनु पर्ने चुनौती र बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने, संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरे अनुसार कार्यान्वयन गर्नु र गराउनु सबैको दायित्व भएको सन्देशमा उल्लेख गरेका छन् ।

उनले परिवर्तनलाई स्वीकार गर्न नचाहनेहरुबाट यो या त्यो वहनामा संविधान र गणतन्त्रलाई कमजोर पार्ने कुचेष्टा भईरहेको पनि जनाएका छन् । ‘गणतन्त्र र संविधानमाथि प्रहार हुन सक्नेप्रति सचेत भई गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी रहेको छ,’ उनले सन्देशमा लेखेका छन्, ‘संविधानको मर्म र भावना अनुसार अघि बढ्दै गणतन्त्र र संविधानको रक्षाको लागि एकजुट भई यसमा समर्पित हुन सबैमा प्रेरणा मिलोस् भन्ने कामना सहित सम्पूर्णमा १६ औं गणतन्त्र दिवसको पुनः शुभकामना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ६ : ५७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित