३१ भदौ २०८१, सोमबार | September 17, 2024

अहिलेको पद्धती केही समयका लागि बिकाउ मात्र हुने तर टिकाउ हुँदैन : पूर्वराजा ज्ञानेन्द्र



काठमाडौँ । आफ्ना समर्थकहरु भेला गरेर अभिनन्दन थाप्दै देश दौडाहामा हिँडेका पूर्वराजा ज्ञानेन्द्र शाहले कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेर लोकतान्त्रिक प्रणाली केही समयका लागि बिकाउ मात्र हुने तर टिकाउ नहुने व्यवस्था भएको टिप्पणी गरेका छन् ।

समर्थकहरुबाट अभिनन्दन थाप्न सुखेत् पुगेका शाहले सभालाई सम्बोधन गर्दै यो व्यवस्थामा जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार नभएको बताए ।

उनले लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिक वाद, भौतिकवाद आदी जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै भएको बताए । ‘ विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो ।’ उनले भने ।

पूर्व राजा शाहले अहिले धेरै कुरा थोरै काम भएको बताउँदै देश दर्शनका क्रममा जनदृष्टिका आधारमा आफूले यही कुरा बुझेको बताए । ‘दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधी व्यवस्था,शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र ? प्रश्न गर्दै उनले भने, हामी जहाँ जहाँ जान्छौ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौँ, त्यसबाट थाहा पाउँछौँ, आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो ।’

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ५ : ०६ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित