काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकिस्तानसँग सेमिफाइनल खेल खेल्नेछ ।
समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकिस्तानसँग खेल्न लागेको हो । काजकिस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।
बुधबारको खेलमा नेपालले पहिलो सेटमा १२-२५, दोस्रो सेटमा २४-२६, तेस्रो सेट २५-२० र चौथो तथा अन्तिम सेटमा नेपालले २५-२१ ले गुमाउँदै भारतसँग पराजित भएर समुह उपविजेता बनेको हो भने समुह बी को खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई २६-२४, २५-१६, २५-११ र २५-१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
समुह एको उपविजेता नेपाल र समुह बि को विजेता काजकिस्ताबिचको खेल आज हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतिक्रिया