३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

आफैँलाई आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु



काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर घर भएकी श्रेष्ठले शुक्रबार अपराह्न ३ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर घाइते भएकी श्रेष्ठको आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

श्रेष्ठ चन्द्रागिरि–९ मा श्रीमान्सँगै डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १२ : २५ बजे

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

काठमाडौँ । मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति,

कोप–२९ मा राष्ट्रपतिको भ्रमण फलदायी भएको परराष्ट्र मन्त्रालयको दाबी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा वातावरण परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय

दार्चुला जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमा धनगढी लगियो

दार्चुला । दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

पोखरा । माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९

टिआरसी बिधेयकमा द्वन्द्व पीडितको चाहना : पहिला कारबाही त्यसपछि मात्र परिपुरण

नेपालगन्ज । बाँके बुच्चापुरका डम्बर शाहीका दुई छोरालाई तीन महिनाको