२८ मंसिर २०८२, आइतबार | December 14, 2025

गुगलका सीईओ पिचाईले बेचे बाल्यकाल बिताएको चेन्नईको घर



हैदराबाद । गुगलका सीईओ सुन्दर पिचाईले आफ्नो बाल्यकाल बिताएको चेन्नई, भारतको घर बेचिएको छ ।

पिचाईका बाबुआमाले पुरानो घर जग्गा तमिल अभिनेता तथा निर्माता सी मणिकन्दनलाई बेचेका हुन ।

मदुरै, तमिलनाडुमा लक्ष्मी र रघुनाथ पिचाईको घरमा जन्मेका सुन्दर पिचाईले आफ्नो सम्पूर्ण बाल्यकाल चेन्नईमा बिताए। पिचाईले आईआईटी खड़गपुरमा भर्ना हुनुअघि यहाँ शिक्षा प्राप्त गरेका थिए। सुन्दर २० वर्षको उमेरसम्म यही घरमा बस्थे । उनी अहिले अमेरिकामा बस्छन् ।

यो घर कति पैसामा बेचियो, यसको जानकारी भने खुलाइएको छैन । द हिन्दु बिजनेस लाईनसँग कुरा गर्दै मणिकन्दनले भने, ‘म आफै रियल स्टेट डेभलपर हुँ। मैले करिब ३ सय घर बनाएको छु । सुन्दर पिचाईले हाम्रो देशलाई गौरवान्वित बनाएका छन् । उहाँ बस्ने घर किन्नु मेरो जीवनको गौरवको क्षण हो।’

जग्गाका नयाँ मालिक मणिकन्दनले आफ्नो अनुभव बाँड्दै भने, ‘पिचाईको पहिलो सम्पत्ति भएकाले सम्पत्तिको कागजात हस्तान्तरण गर्दा उनका बुबा निकै भावुक हुनु भयो, पिचाईका बुबाले कागजी कार्य पूरा गर्न दर्ता कार्यालयमा घण्टौं धैर्यताका साथ पर्खनुभयो,’ मणिकन्दनले भने। लेनदेन प्रक्रिया पूरा हुन करिब चार महिना लाग्यो किनकि पिचाईका बुबा त्यतिबेला अमेरिकामा बस्दै आएका थिए।

यो घर किन्ने कुरा चलिरहेको बेला सुन्दरकी आमाले व्यक्तिगत फिल्टर कफी बनाएको मणिकन्दनले स्मरण गरे ।

पिचाई अन्तिम पटक सन् २०२१ को अक्टोबरमा चेन्नई आएका थिए । हवाईअड्डा जाने बाटोमा उनी बाल्यकालका सम्झना ताजा गर्न वाणी स्कुलसमेत पुगेका थिए ।

अहिले सो घर भत्काउने कार्य सुरु भएको छ । जसलाई हरियो रंगको जालीदार कपडाले छोपिएको छ  ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १२ : ११ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर