२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सूर्तीजन्य पदार्थको कर बढाउन स्वास्थ्यमन्त्रीले पहल गर्ने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सूर्तीजन्य पदार्थको कर बढाउन पहल गर्ने बताए । स्वास्थ्य पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अर्थतन्त्र बिग्रिएको बेला सूर्तीजनय पदार्थ कर बढाएर क्यान्सरका बिरामीको उपचारमा राहत पुग्ने बताए ।

सूर्तीजन्य प्रदार्थको कर नेपालमा एसियाको सबैभन्दा थोरै रहेको छ । विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य प्रदार्थको कर ७५ प्रतिशतसम्म बढाउनुपर्ने सुझाव दिर्दै आएको छ ।

नेपालमा सूर्तीजन्य पदार्थको कर न्यून रहेको र नेपालमा अर्थतन्त्र बिग्रिएको बेला कर बढाएमा क्यान्सर रोगको उपचारमा सहज हुनुका साथै सूर्तीजन्य प्रदार्थको सेवनमा पनि कमी आउने उनको भनाइ छ ।

सूर्तीजन्य पदार्थ नखाएर स्वास्थ्य जोगिने र खाए राज्यको कर बढ्ने उहाँको भनाइ छ। साथै मन्त्री बस्नेतले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै लैजाने बताए ।

मन्त्री बस्नेतले स्वास्थ्यको बजेटको सिलिङ ४० प्रतिशत बजेट घटेको बताउँदै आफू मन्त्रालय आएदेखि बजेट बढाउन पहल गरेको दाबी गरे ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : २५ बजे

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा