बुटवल । दिपज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । केन सेन्टरको प्राविधिक सहयोगमा संस्थाका शेयर सदस्यहरुको लागी तिन दिने मधुमेह , उच्च रक्तचाप, मुटु रोग, कलेजो र मिगौला सम्बन्धि निशुल्क रक्त र पिसाबको परिक्षण गरिएको हो।
स्वास्थ्य शिबिरको तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष फर्सुराम गिरीले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष गिरीले सहकारीले आफ्नो शेयर सदस्यलाई समृद्धिसँगै स्वास्थ्य सेवा पनि दिएर फरक पहिचान दिन खोजेको बताए ।
कार्यक्रमा बोल्दै दिपज्योती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुमनाथ पाण्डेले आफ्ना शेयर सदस्यहरुलाई स्वास्थ्यका लागि बेलामै सचेतना कार्यक्रम गरेर भोलि रोगहरुबाट हुनसक्ने समस्याहरुलाई बेला मै रोक्न सचेत बनाइएको बताए ।
शिबिरमा प्राविधिक सहयोगी संस्था केन सेन्टरले मधुमेह, उच्च रक्तचाप मुटु , कलेजो र मिर्गौला सम्बन्धी रक्त परीक्षण गरेको थियो । सो अवसरमा बोल्दै सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले समाजमा फैलिरहेको सुगर , मुटु , कलेजो र मिर्गौलाको समस्यालाई बेलामै पत्ता लगाई जीबनशैली सुधार गरेर रोगबाट बच्न सकिने बताए ।अहिलेको आधुनिक जीवनशैलीको राम्रो व्यवस्थापन नहुँदा रोगहरु लाग्ने गरेको र त्यसबाट आर्थिक, मानसिक र शारीरिक दुख हुने कुरालाई बेला मै ध्यान दिनु पर्ने उनले बताए ।
शिबिरमा स्वास्थ्य परिक्षण गर्न आएका चार सय जनाको परिक्षण गर्दा १२% लाई डाइवेटिज (मधुमेह) १७% विरामीको मिर्गौलाबाट प्रोटीन निस्केको,२०% विरामीहरुको कलेजोको समस्या पाइयो भने ३०% जति विरामीहरुको रगतमा चिल्लो पदार्थ
ट्राईग्लेरेसाइड उच्च रहेको पाइएको कक्षपतीले जानकारी दिए ।
उनले देखिएका सबै समस्या जिवन शैली बाट हुने हुदा विरामीहरुलाई खानपान र जीवनशैली बारे ३ दिने परामर्श सेवा दिइने जनाए ।
स्वास्थ्य सचेतना कार्यक्रमको पहिलो अनुभव लाभप्रद भएको सल्लाहकार जगननाथ कंडेलले बताएका थिए।
प्रतिक्रिया