८ आश्विन २०८१, मंगलबार | September 25, 2024

बुटवल पावरको खुद नाफा १२.८९ प्रतिशतले बढ्यो



काठमाडौ । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कमाएको नाफाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत वर्षको यसै अवधिमा २३ करोड ७५ लाख ८२ हजार रुपैयाँबाट अहिले १२।८९ प्रतिशतले वृद्धि भएको छ । विद्युत बिक्रीबाट गत वर्ष ५९ करोड ४८ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेकामा अहिले घटेर ५८ करोड ३१ लाख ७८ रुपैयाँमा आएको छ । कम्पनीको अन्य आम्दानी भने ३ करोड ४७ लाख रुपैयाँबाट बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

यस्तै, वित्तीय आम्दानी पनि ७ करोड ३५ लाख रुपैयाँबाट बढेर ८ करोड ४४ लाख रुपैयाँ पुगेको छ । हाल बुटवल पावरको सेयर पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ६० करोड १७ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८७ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ६५ पैसा छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १ : २६ बजे

क्रिप्टो कारोबार : आरोपी प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

काठमाडौं । क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर

मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने

काठमाडौं । महिला र पुरुष दुवै जना नाबालक भएको र

शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम