३१ भदौ २०८१, सोमबार | September 17, 2024

आजदेखी प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल सुरु हुने



काठमाडौं । आज देखी तीन दिनसम्म प्रि-बजेटका बारेमा छलफल हुने भएको छ । हिजो बसेको प्रतिनिधिसभा कार्यब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि-बजेटका बारेमा छलफल हुनेछ ।

जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि-बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिए । उनका अनुसार प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।

संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा राजनीतिक दलहरुले  प्रि-बजेटका बारेमा छलफल सुरु गरेका छन । गत बुधबार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रबार र शनिबार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भईसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथकिताका बारेमा छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : ०९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित