नेपालगन्ज । संघीय गणतन्त्र नेपाल प्रति बफादार रहने कसम खाएका बाँके २ का प्रतिनिधिसभा सदस्य धवल सम्सेर जवराको अगुवाईमा बाँकेका राजाबादीहरुले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालगन्जमा अभिनन्दन गरेका छन् । नेपालगन्जको रामलिला मैदानमा एक कार्यक्रम गरेर राणाका समर्थक र राजाबादीहरुले पूर्वराजा ज्ञानेन्द्रलाई अभिनन्दन गरेका हुन् ।
अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले दलका नेताहरुले राजनीतिलाई राज्यव्यवस्था नेताद्धारा नेताका निम्ति — दलद्धारा दलका निम्ति को अवस्थामा पु¥याएको आरोप लगाए । उनले नीतिहरूमध्येको सर्वश्रेष्ठ नीति राजनीति भए पनि राजनीति राष्ट्रमुखी,जनमुखी र जनहितकारी हुन नसकेको बताए ।
उनले अहिले भएगरेका संरचना भत्काउँदै जाने, रुपान्तरणका नाममा विकार खडा गर्ने र परनिर्भतातिर बेतोडले दौडने काम नै चलिरहेको बताउँदै चौसठ्ठीबर्ष पुर्वको चेतनाको त्यो झिल्कोमा जान समर्थकहरुलाई आह्वान गरे । पञ्चायती व्यवस्था प्रति संकेत गर्दै शाहले पञ्चायती व्यवस्थाको खाँचो झल्किरहेको बताए । पूर्व राजा शाहले पुरानो व्यवस्थालाई गौरवको संज्ञा दिँदै त्यसलाई फर्काउन समर्थकहरुलाई आह्वान गरे । ‘अब म भन्छु –अबहामीराष्ट्रको पुरानो गौरब फर्काउनकालागि उठौं र हामीहाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं ।यसको निम्ति के पुरुष, के महिला, के आजकाजाँगरिलो युवा, के अनुभवि बुढाबुढी सबै अब जुट्नु पर्दछ,’ उनले भने ।
उनले चौसठ्ठीबर्ष राजा महेन्द्रले पञ्चायती व्यवस्थाको उदघोष गरेको स्मरण गर्दै उनले महेन्द्रले तत्कालिन अवस्थामा नेपालको तत्कालीन राज्यविधिका बारे–नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन भएको सम्झे । ‘लामो अन्तरालपछि फेरि पनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश छु । मलाई दुःख लाग्छ – यो लामोअवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ।’ उनले भने ।
अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र आफ्नो पत्नी कोमल, छोरी प्रेरणा र बहारी हिमानी सहित कार्यक्रमस्थल पुगेका थिए ।
प्रतिक्रिया