काठमाडौँ । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज अस्पतालबाट डिस्चार्ज भएर स्वदेश फर्किने भएका छन् । विगत ११ दिन देखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गराइरहेका राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन् ।
बेलुकी साढे ८ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट राष्ट्रपति पौडेल फर्किने तयारी गरिएको राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेले जनाएका छन् । चालिसेका अनुसार राष्ट्रपति पौडेल अस्पतालबाट सिधै विमानस्थल जाने र काठमाडौँ आउने कार्यक्रम रहेको छ ।
स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो । उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेका छन् ।
शनिबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र आज डिस्चार्ज हुने जनाएको थियो ।
प्रतिक्रिया