३ आश्विन २०८१, बिहिबार | September 20, 2024

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन सक्ने, स्वदेश फर्कने अझै छैन टुंगो



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुदैँछन् । नयाँ दिल्लीस्थित नेपाली दुतावासका अनुसार अखिल भारतीय आर्युबिज्ञान अस्पतालमा (एम्स अस्पताल)मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन् ।

‘सम्मानीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सबन्धित चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोली ९आइतबार०सम्ममा अस्पतालबाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन,’ नेपाली दुतावासले भनेको छ ।

छात्तिमा जमेको पानीमा संक्रमण देखा परे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकको सुझावमा उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए ।

गत बैशाख ६ गते श्री एअरलाइन्सको एअर एम्बुलेन्समाफत नयाँ दिल्ली गएका पौडेल दश दिनपछि डिस्चार्ज हुन लागेका हुन् । छात्तिमा समस्या देखा परे पछि उनी ५ गते साँझ शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

सो अघि पनि पेटमा समस्या देखा परेको भन्दै राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा नै उपचार गरिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : २७ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day