काठमाडौं । बारा-२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार यादवले नौ हजार ८७० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत पाएका छन् । यादव र कुशवाहबीच प्रतिस्पर्धा छ ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ११ सय ७४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया