३० चैत्र २०८१, शनिबार | April 12, 2025

आज मुस्लिम समुदायले ‘इदुलफित्र’ मनाउँदै



काठमाडौं । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ । यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (व्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।

चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि सोही शुक्रबारबाट व्रत बस्न सुरू भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इदुल फित्र’ पर्वको तिथी तय भएको हो । सोही अनुसार आज मनाउन लागिएको हो ।  जसअनुसार एक महिना अघि अरबिक क्यालेन्डर अनुसार रमाजान महिना सुरु भएको थियो ।

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका धर्मालम्बीहरु दिनमा भने निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन छ ।

रमजानमा अल्लाहको आशिर्वाद प्राप्त हुने विश्वासका साथ दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्ने कार्य यो महिनामा गरिन्छ । रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : ४३ बजे

सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गरिरहेको छ : अर्थमन्त्री पौडेल

बुटवल । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी

नेवाः सेवा समितिको अध्यक्षमा डिल्लीकुमार श्रेष्ठ

बुटवल । १८ वर्ष पहिले बुटवल र यस आसपासका नेवार

माछा मार्न गएकी दिक्षिकाको राप्ती नदीमा डुबेर मृत्यु

नेपालगन्ज । बाँकेको राप्ती नदीमा डुबेर माछा मार्न गएकी एक

प्रधानमन्त्री आफैं सडक आन्दोलनमा भाषण गर्दै हिँड्नु शोभनीय भएन : महामन्त्री शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राजा ज्ञानेन्द्र

‘शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल