३१ भदौ २०८१, सोमबार | September 17, 2024

नेपालगन्जमा फोटो फेस्टिवल, साँसदले गरे फोटो खिचेर उदघाटन



नेपालगन्ज । नेपालगञ्जमा दुईदिने फोटो फेस्टिवल शुरु भएको छ । अन्तरालको आयोजनामा सुरु भएको फोटो फेस्टिवलको प्रतिनिधि सभाका सदस्य तथा नेपाल काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले फोटो खिचेर उदघाटन गरेका छन् ।

आयोजक अन्तरालका अनुसार विभिन्न विधामा छनौट भएका १ सय १५ वटा फोटो प्रदर्शनीमा राखिएका छन् । देशभरीबाट प्राप्त भएका करिव २ हजार फोटो मध्येबाट छनौटमा परेका फोटोमात्र प्रदर्शनीमा राखिएको आयोजक अन्तरालmका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए ।

प्रदर्शनीमा प्राप्त फोटोहरु कला संस्कृति, जीवन शैली, कृषि, धार्मिक, वाईल्डलाईफलगायतको ९ वटा विधामा उत्कृष्ठलाई ५ हजार ५ सयका दरले पुरस्कार तथा फोटो अफ दि इयरलाई २५ हजार ५ सय पुरस्कार समेतको व्यवस्था गरिएको छ ।

मुगुका राजबहादुर शाहीको स्याउ टिप्दै गरेकी महिलाको फोटोले यसवर्षको फोटो अफ दि इयरको उपाधी जित्न सफल भएको छ । फेस्टिवल शनिबारसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ६ : ०३ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित