१० बैशाख २०८२, बुधबार | April 23, 2025

डढेलोले देशभर वायु प्रदूषण बढ्दै



काठमाडौं । हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ ।

डढेलोकै कारण काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ ।

विभागका अनुसार अहिले पनि काठमाडौं उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको जनाएका छन् । काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको जनाइएको छ । आज बिहान ९ः३० बजेको हावाको गुणस्तर मापक सूचक (एक्यूआई)का अनुसार काठमाडौं दोस्रो सूचीमा रहेको हो ।

एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । काठमाडौंको एक्यूआई अहिले एक सय ९२ छ । सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको जनाइएको छ । च्याङमाइको एक्यूआई दुई सय २२ छ । यसैगरी तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ ।

एकाउन्नदेखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ११ : ५८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवाबारे छलफल

बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाव

मन्त्रिपरिषद हेरफेर, शिक्षा मन्त्री रघुजी पन्त, उर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले

जम्मु कश्मीरमा हत्या गरिएका बुटवलका सुदीप न्यौपाने प्रति नगर प्रमुख पाण्डेयले गरे शोक व्यक्त

बुटवल । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा परी

प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई)

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यालय शिक्षा विधेयक