३१ भदौ २०८१, सोमबार | September 17, 2024

शिशु कल्याण पाठशालाको चौथो दिक्षान्त कार्यक्रम सम्पन्न



बुटवल । रुपन्देहीको तिलोत्तमामा संचालनमा रहेको शिशु कल्याण पाठशालाले आफ्नो पाँचौ वार्षिक उत्सव चौथो बाल दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । बार्षिक उत्सव कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले बालबालिका भोलीको कर्णाधार भएकाले उनीहरुको शिक्षामा पाठशाला संबेदनशिल बन्नु पर्ने बताए ।

कार्यक्रममा पाठशालामा अवधि पुरा गरेका बालबालिकालाई दिक्षित गरिएको थियो भने शिशु पाठशालामा अध्ययनरत बालबालिकाले विबिध कला र संस्कृतिक प्रस्तुत गरेका थिए । दिक्षित बालबालिकालाई प्रमुख अतिथि खाण सहित पाठशालाका अध्यक्ष कृष्णप्रसाद नेपाल, वडा अध्यक्ष डिलबहादुर भट्टराई र पाठशालाका प्रिन्सिपल दिपेन्द्र नेपालले प्रशंशा पत्र सहित दिक्षित गरेका थिए ।

कार्यक्रममा पाठशालामा बिभिन्न समयमा गरिएको खेलकुद, साँस्कृतिक कार्यक्रम सहित अतिरिक्त क्रियाकलापमा सफल भएका बालबालिकालाई पुरस्कार र प्रमाणनपत्र वितरण गरिएको पाठशालाका निर्देशक महेन्द्र शर्माले बताए ।

पाठशालामा दिवा आवासिय सुबिधा सहित प्ले ग्रुप, नर्सरी, एलकेजी र यूकेजी सम्मको अध्यापन हुने शर्माले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १० : ३४ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित