३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सिक्किमको हिमपहिरोमा परी रुपन्देहीकी मुना श्रेष्ठसहित ३ जनाको मृत्यु



सिक्किम  । गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ ।

भारतीय सेनाले जारी गरेको एक बिज्ञप्ति अनुसार तीन नेपालीसहितको सातको मृत्यु भएको हो । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् ।

यसरी हिउँ पहिरोमा परेर मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको भारतीय सेनाले जनाएको छ ।

स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका पछि खोजबिन सुरु गरिएको थियो ।

जसअनुसार १४ जनालाई उद्धार गरेर नजिकैको भारती सेनाको क्याम्पमा लगिएको थियो । जसमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ ।

पर्यटकीय गन्तव्यसमेत रहेको क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : ४६ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day