काठमाडौँ । मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारले छानबिन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। समितिको सदस्यहरूमा पूर्व एआइजी उत्तम राज सुवेदी र गणेश बाबु अर्याल रहेको समेत उनले बताइन् ।
मन्त्री शर्माका अनुसार समितिलाई तीन महिनाको अवधि दिइएको छ । समितलाई तत्काल एक्सनमा जाने गरी ठोस तथा मूर्त रूपमा प्रतिवेदन पेश गर्न भनिएको शर्माले बताइन् । समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय गरिएको समेत उनले बताइन् ।
प्रतिक्रिया