३१ भदौ २०८१, सोमबार | September 17, 2024

जर्मन अस्पतालमा आगलागी, बिरामीसहित चार जना घाइते



बर्लिन । बर्लिनको एक अस्पतालमा आइतबार राति भएको आगलागीमा परी चार जना गम्भीर घाइते भएका छन् । आगजनी सुरु गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

जर्मनीको राजधानी बर्लिनस्थित क्लिनिकुम अम अर्बनको तेस्रो तल्लामा लागेको आगो सोमबार बिहान नियन्त्रणमा लिइएको छ । तीन जना बिरामी र एक नर्स गम्भीर घाइते भएका छन् । लिफ्टमा फसेका एक घाइते धुवाले निस्सासिएर विरामी परेका थिए ।

भवनभरी धुवाँ फैलिएपछि ४० जनालाई सुरक्षित स्थानमा सारिएको थियो । प्रहरीका अनुसार मध्यरातमा ४८ वर्षीय एक व्यक्तिले अस्पतालका दुई शैयामा आगजनी गरेपछि आगलागी सुरु भएको देखिन्छ ।

आक्रमणमा सम्लग्न उनलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ३ : ०३ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित