३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मिटरब्याजलाई अपराध घोषणा गर्न मुलुकी संहिता संशोधन गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय गरेको हो ।

कानुन संशोधन गरी मिटरब्याजलाई अपराध घोषणा गरेर कानुनी दायरामा ल्याउनका लागि मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कानुन संशोधन भएसँगै मिटरब्याजीमाथि अपराध अनुसन्धान गरी सरकारवादी मुद्दा चलाउने बाटो खुल्नेछ ।

काठमाडौंमा अहिले महोत्तरीका मिटरब्याजी पीडितहरुको प्रदर्शन जारी रहेको छ । महोत्तरीबाट १९ दिन हिँडेर काठमाडौं आइपुगेका उनीहरु आज प्रधानमन्त्री निवास घेराउ गर्न टंगाल पुगेका थिए । प्रहरीले निषेधित क्षेत्रमा रोकेपछि उनीहरु माइतीघरमण्डला पुगेर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ६ : ०१ बजे

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित