१० बैशाख २०८२, बुधबार | April 23, 2025

चैती छठी मनाइँदै



ललितपुर । चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठी पर्व सुुरु भएको छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रतालुहरु ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइन्छने गर्दछन् ।

चैत महिनामा मनाइने हुनाले यसलाई चैती छठ भनिन्छ । तराई र छिमेकी देश भारतमा मात्र मनाउने गरिएको छठ पर्व अहिले पहाडी क्षेत्रमा पनि समेत मनाउने गरिन्छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् दिनकर दिनानाथ, छइठ छैठ, छठीआदि नामले मनाइन्छ ।

चैत शुक्ल पक्ष षष्ठीको दिन छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख-शान्तिको कामना गर्ने गरिन्छ । विशेषगरी निसन्तान हुने र छाला रोगीले छठ पूजा माथि बढी अस्था राखेको हुन्छ । काठमाडौं उपत्यकामा कमलपोखरी, बागमती खोला, गोदावरी खोलालगायत विभिन्न स्थानमा भव्यताका साथ छठ पूजा मनाउन थालिएको छ ।

“अहिले शहरका पोखरी र नदी फोहर भएको हुनाले घरमै परिवार, छिमेकी र आफन्तलाई बोलाई रातभर जागरण बसी मिलेर छठ मनाउने गर्छु”, ललितपुर बाहुनचौरमा बस्ने ब्रतालु ललिता गुप्ताले भने, “समान सबै यहीँ पाउँछ तर गएको वर्षभन्दा चार गुणा समानको दाम महङ्गो भएको छ ।”

यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । भोलिपल्ट सप्तमी ९पारन० का दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा बिसर्जन गरिन्छ ।

साहित्यकार तथा संस्कृतविद् विनित ठाकुरका अनुसार प्राचीनकालदेखि नै छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । उनले भने, “यो प्राकृति र किसानको पर्व हो । यसमा किसानले जुन नयाँ अन्नबाली उत्पादन गर्छ त्यसको पूजा गरिन्छ ।” यो व्रत गर्नाले छालाको रोग हुने र निसन्तानलाई सन्तान प्राप्ति हुने जनविश्वास गरिन्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ४ : ३३ बजे

जम्मू कश्मीरमा भएको घटनाप्रति प्रधानमन्त्री ओलीबाट दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू कश्मीरको पहलगाममा निर्दोष

अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड सञ्चालन

नवलपरासी । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-बुटवल सडकखण्ड दुईतर्फी

डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा सवारी दुर्घटना

जम्मू-कश्मीर आक्रमण : एक नेपाली सहित २८ जनाको मृत्यु

पाहलगाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौँ । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक