३१ भदौ २०८१, सोमबार | September 17, 2024

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने



काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ ।

राष्ट्रपति उपराष्ट्रपति निर्वाचनका लागि गठित निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको हो ।

राष्ट्रपतिमा खसआर्य पुरुष निर्वाचित भैसकेका कारण उपराष्ट्रपतिमा महिला मात्र उम्मेदवार हुनुपर्ने दाबी गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका उम्मेदवार ममता झाले उजुरी दिएका थिए।

निर्वाचन अधिकृतको कार्यालयले भने संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको भन्दै यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने निर्णय गरेको हो । ‘रामसहाय यादवको उम्मेदवारी बदर भएन, चारैजनाको उम्मेदवारी कायमै रह्यो,’ सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले भनिन ।

यसअघि यादवले आफूविरुद्ध परेको उजुरीमा आजै बिहान जवाफ दिएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरेको हो । आजै साँझ ५ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १२ : ३० बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित