१० बैशाख २०८२, बुधबार | April 23, 2025

राष्ट्रपतिसमक्ष ‘राष्ट्रपति निर्वाचन’को परिणाम प्रतिवेदन पेश



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश गरेको छ ।

नेपालको संविधानको धारा ६२ एवम् राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् । सो निर्वाचनमा रामचन्द्र पौड्याल निर्वाचित हुनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले उक्त निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराएकामा आयोग, सम्बन्धित राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा सहभागी हुने निर्वाचक मण्डलका सदस्य, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबै पक्षमा आयोग हार्दिक धन्यवाद व्यक्त गरे । प्रमुख आयुक्त थपलियाले निर्वाचनको व्यवस्थापन र प्रक्रिया तथा परिणामबारे अवगत गराएका थिए ।

कार्यक्रममा निर्वाचन आयुक्त र आयोगका उच्चपदाधिकारी सहभागी हुनुभएको थियो । वर्तमान राष्ट्रपतिको कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ३० बजे

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवाबारे छलफल

बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाव

मन्त्रिपरिषद हेरफेर, शिक्षा मन्त्री रघुजी पन्त, उर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले

जम्मु कश्मीरमा हत्या गरिएका बुटवलका सुदीप न्यौपाने प्रति नगर प्रमुख पाण्डेयले गरे शोक व्यक्त

बुटवल । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा परी

प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई)

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यालय शिक्षा विधेयक